रमेश कुमार यादब
कार्तिक १९,रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिका वड़ा नम्बर ४ हर्दियामा नेपाल कम्युनिष्ट पार्टी(एमाले) बृन्दावन नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम आईतबार सभ्य एवं भव्य रुपमा संपन्न भएको छ । नगर कार्य समिति बृन्दावन नगरपालिकाले शुभ दीपावली छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय सचिव एवम् मधेश प्रदेश सदस्य योगेश भट्टराई रहनु भएको थियो भने बिशिष्ट अतिथि पोलिट ब्युरो सदस्य एवम् रौतहट जिल्ला ईन्चार्ज पुर्सोतम पौडेल रहनु भएको थियो ।
प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै केन्द्रिय सचिव एवम् मधेश प्रदेश सदस्य योगेश भट्टराईले मधेशी जनताको हकÞ अधिकारको लागि आन्दोलन गर्दै आएको नेकपा एमाले पार्टी अहिले मधेशी जनताको चाहना र भावना अनुसार एकीकृत भईदेश कै दोस्रो दलको रुपमा आएको बताए । उनले भने नेपाली कांग्रेस र सरकारका नेतृत्व गर्ने दलले मधेश र मधेशी आदिवासी जनजाति ,महिला ,मुस्लिम ,पिछड़ावर्ग , विपन्न समुदाय र सिमान्तकृत बर्ग सित विभेद गर्दै आएको छ । सदियौ देखि दमन शोषण गरेका खसवादीले अहिले संघीयता विरोधी कार्य गर्दै आएको आरोप समेत लगाए ।
केन्द्रिय सचिव भट्टराईले आगामी दिनमा नेपाल कम्युनिष्ट पार्टी देशको नेतृत्व गर्ने दावी समेत गरे । कार्यक्रममा पार्टीका पोलिट ब्युरो सदस्य एवम् रौतहट ईन्चार्ज पुर्सोतम पौडेलले संघीय सरकारले बिभिन्न किसिमको बहानामा हाम्रो पार्टीको सम्वन्ध विगार्ने सडयंत्र गरिरहेको आरोप लगाएका छन । जनताको माथि कर थुपार्दै आएका सरकारले सिमा बंद गरेर मधेशी जनतालाइ दुःख दिदै आएको टिपण्णी गरे । ईन्चार्ज पौडेलले आफ्नो पार्टीका नेकपा एमालेका कार्यकर्ताहरुलाई एकमत भई अगाडी बढन आग्रह समेत गर्नु भएको थियो ।
विगतको समयमा भएको आन्दोलनको स्मरण गर्दै पार्टीका मानिसहरु एकता हुँदा आगामी दिनमा मधेशी जनताको मुद्दा सम्वोधन हुने गरी बहुमत दिन समेत आम जनता सित अपील गरेका थिए । नेकपा भित्र उत्पन्न भएको आतंरिक विबाद पद लोलुपताको उपज मात्र रहेको संज्ञा दिदै सरकारको कारण मुलुकमा हत्या ,बलात्कार ,भ्रस्टाचार मौलाएको दावी गरे । नेता पौडेलले कांग्रेसबाट जोगिनु पर्ने अहिलेको अवस्था रहेको जिकिर गरे । त्यसतै अतिथिको रुपमा रहेका केन्द्रिय सदस्य उध्व रेग्मीले भने आफ्नो पार्टी भित्र रहेका मानिसहरुले नै पार्टीसंग गद्धारी गरिरहेको बताउनु भएको थियो ।
आफ्नो पार्टीमारहेपनि अरु पार्टीको समर्थन र सहयोग गरिरहेको स्रोतबाट जानकारी हुन आएको दावी समेत गर्नु भएको थियो । प्रदेश र स्थानीय सरकारको विकास निर्माणको कार्य प्रभावित गर्ने उदेश्यले सरकारका नेता मंत्री कर्मचारी सरुवा गर्ने गरेकोआरोप समेत लगाए । आफ्नो अनुकूल प्रदेश र स्थानीय तहमा मुख्य सचिव र प्रमुख प्रसाशकीय अधिकृत ल्याउने स्वार्थ पूरा नभए सरुवा गराउने र प्रदेश सरकारले विकास निर्माण गर्न नसकेको गलत अफवाह फैलाउने गरेको टिपण्णी गरे ।
स्वागत मन्तब्य राख्दै युवा नेता तथा प्रदेश कमिटिी सदस्य प्रेम शंकर यादबले स्थानीय तहमा भई रहेको कर्मचारी हेरफेर प्रति लक्षित गर्दै गराउने कार्यसरकारमा भएको सांसदको रहेको ठोकूवा गरे । अरु पार्टी भन्दा हाम्रो पार्टी बलियो रहेको र अगामीको चुनाव २०८४ मा एकल बहुमतले जित्ने दावी समेत गर्नु भएको थियो ।राकेश प्रसाद साहको सभापतित्वमा संपन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा देवाहि गोनाहि नगरपालिकाको मेयर प्रेमलाल साह तेली, बृन्दावन नगरपालिकाको वार्ड नं.३ का वडासदस्य वीरेन्द्र प्रसाद यादव ,४ नं.वाडका वडाप्रत्याशिरामकल्याण यादब,, गौर नगरपालिकाको पूर्व मेयर अजय गुप्ता ,रेखा झा, केन्द्रिय लेखा समिति सदस्य राजकिशोर यादब, प्रदेश स(सचिव आरति भण्डारी, जिल्ला संयोजक सचितानन्द साह लगायतका वक्तहरुले पार्टीलाइ बलियो बनाउन एकता सहकार्य ,समन्वय , आपसी सदभाव कायम गर्नु पर्नेमा जोड़ दिएका थिए ।