रमेश कुमार यादब
कार्तिक २४,रौतहट
गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले टावर लाईटको उद्वघाटन गर्नु भएको छ । उज्यालो अभियान अन्तर्गत गरुडा नगरपालिकाको नगर प्रमुख जैसवाल शुक्रबार धनतेरसको अवसर पारी एक कार्यक्रम बिच बिधिवत रुपमा स्विच अन गरेर टावर लाईटको बति बालेर उद्वघाटन गर्नु भएको थियो ।नगर प्रमुख जैसवालले निर्वाचित भएदेखी नै आफ्नो नगरको बिकासको लागी, लागि परेको छ ।वहाँले निर्वाचित अघि जनताहरुसंग बाचा गर्नु भएको थियो कि निर्वाचित भएपछी आफ्नो नगरको उज्यालोमय बनाउने जनताहरुसंग प्रतिबद्धता जनाउनु भएको थियो । सोही प्रतिबद्धता जनाए अनुसारको कार्य नगर प्रमुख जैसवालले बिस्तारै–बिस्तारै पूरा गर्न लागेको प्रष्ट रुपमा देखिन थालेको छ ।
नगर प्रमुख जैसवालले आफ्नो बाचा जनाए अनुसार नगर स्तरिय बजेटबाट नगरको हरेक कुना कप्चामा उज्यालो पु¥याउने उदेश्यले नगरको प्रत्येक वार्डमा बति जडान गर्ने लक्ष्य राखेको बताउनु भयो । धनतेरसको शुभ अवसर पारी गरुडा नगरपालिकाको नगर प्रमुख जैसवालले शुक्रवार औपचारिक कार्यक्रमको आयोजना गरि विभिन्न जनप्रतिनिधि र कर्मचारीहरुको रोहबरमा उद्वघाटन गर्नु भएको थियो । उद्वघाटन कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले भने कि म निर्वाचित भएदेखी नै नगरको सम्पुर्ण काम गर्न चाहेपनी बिरोधीहरुले विभिन्न बाधा अवरोध गरेर काम गर्न नदिदा म आफै दुखी भएको छु । तर जनताको मतले निर्वाचित भएको छु र जनताको लागि काम गर्नु मेरो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।
बिरोधिहरु जति जालझोल गरेपनी जनताको बिकासको कार्य अगाडि बढाउन एक कदम पनि पछि नहटने नगर प्रमुख जैसवालले बताउनु भयो । यो टावर लाईट धेरै दिन अघि जडान भईसक्थ्यो तर केही आन्तरिक बिवादको कारण जडान हुन सकेन । तर अहिले आएर बिवाद समाधान भएपछी शुक्रवार गरुडा देखि हामी टावर लाईट जडान सुरु गरेका छौ । यस पश्चात् अब हामी आफ्नो नगरको भद्रभलादमी, बुद्वजिवी, नागरिक अगुवा र जनप्रतिनिधिहरुसंग समन्वयन गरि प्रत्येक वार्डमा जडान गर्ने बताउनु भयो । उज्यालोमय अभियान अन्तर्गत नगरको खास गरेर वाडको विभिन्न मुख्य ठाउँ जस्तै बजार,सार्वजनिक स्थल र चौक चौराहा,मठमन्दिरमा टावर लाईट बतिको जडान गर्ने बताउनु भयो ।
उद्वघाटन कार्यक्रममा नगर प्रमुख जैसवालले वर्तमानकाल दैनिक पत्रीकाको स–सम्पादकसंग कुराकानी गर्दै यो ६३ फिट टावर लाईट बतिको उज्यालो करिब १ किलोमीटर सम्म फैलने बताउनु भयो । आउदो दिपावली र छठ पर्वको शुभ उपलक्ष्यमा बति जडान कार्य आरम्भ गरेको समेत बताउनु भयो । यस्ता पर्वमा विभिन्न किसिमका अवाञ्छित गतिबिधी हुने हुनाले यस्ता क्रीयाकलापबाट पुर्व सावधानी अपनाउने उदेश्यले टावर लाईटको उद्वघाटन गरेको नगर प्रमुख जैसवालले बताउनु भयो ।
गरुडामा उज्यालोमय भएपछी नगरबासी हर्षित हुँदै नगर प्रमुख जैसवाललाई धन्यवाद दिएका छन । सो उद्घाटन कार्यक्रममा गरुडा नगरपालिकाको वार्ड नं.४को वडाअध्यक्ष सुनिल कुमार जैसवाल ,वार्ड नं.५ को वडाअध्यक्ष रामबिनोद जैसवाल, नगरपालिकाको वाड सदस्य देवलाल चौधरी, वाडसदस्य ईसलामुन खातुन ,कार्यपालिका सदस्य रजिया देवी, धनमन्ती राम, योजना शाखाको कर्मचारी रामानन्द सहनी, शिक्षा स–संयोजक चाँदअलि, नगरपालिकाका ओभरसियर प्रमोद चौरसिया, उधोग बाणिज्य संघको पुर्वअध्यक्ष हरेन्द्र प्रसाद जैसवाल,लायन्स सेवा क्लवको अध्यक्ष नरेन्द्र यादब,उधोग बाणिज्य संघको पुर्व कोषाअध्यक्ष धर्मेन्द्र कुमार दास, युवा नेता सैलेश जैसवाल,प्रहरी प्रशासन लगायत सो वडाका स्थानीय भद्रभलादमि, बुद्धजिवी, नागरिक समाज लगायत सयकडौं जनसमुदायको समेत बाक्लो उपस्थिति रहेको थियो।