बिमलेश कुमार झा
रौतहट,२५ कात्तिक। नेपाल राष्ट्रिय युवा संघले हातमा बेल्चा र झाडु लिएर बजार सरसफाइमा लागेपछि बजारबासी खुसि भएका छन्। रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ५ स्थित मुख्य बजार क्षेत्र र पर्यटकीय गन्तव्य पुरातात्त्विक महादेव मन्दिर क्षेत्र वरिपरि नेपाल राष्ट्रिय युवा संघले सरसफाइ अभियानमा जुटेका छन् ।
सरसफाइ अभियानमा जुटेका मोहम्मद इमरान आलमले विगत २ कार्यकाल देखि निरन्तर नगरको नेतृत्व गरिरहेकी मेयर रिना साहले स्मार्ट नगरपालिकालाई सरसफाइ प्रति कुनै चासो नदेखाएको गुनासो गरेका छन्।
आलमले नजिकदै गरिको दीपावली तथा छठ पर्वमा समेत नगर क्षेत्रलाई सरसफाइ प्रति मेयर साहको कुनै सकृयता नदेखिनु दुख्द रहेको बताएका छन्।
मौलापुरलाई स्मार्ट नगरपालिका भनिएपनि कुनै पनि वडामा फोहोर व्यवस्थापन गर्न नगरपालिकाबाट कुनै किसिमको ठोस कदम नचालिएको आलमले गुनासो गरे। आलमले फोहोर व्यवस्थापन गर्न बजार क्षेत्र लगायत हरेक वडामा डस्टबिनको व्यवस्था गर्न मेयर साहसँग आग्रह गरेका छन्।
आलमले सम्भव भए ९ वटै वडामा यो अभियान थाल्ने बताएका छन्।
सो अभियानको अध्यक्षता रितिक पटेलले गरेका थिए भन्ने आरती दास, दिपेश साह,सुबोध रौनियार, गोलु साह,रतन भण्डारी,विशाल यादव र सुबास यादव लगायतको सहभागीता रहेको थियो।