रमेश कुमार यादब
कार्तिक २७,रौतहट
गरुडामा रौतहट सुनचाँदी ब्यवसायी संघको शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन भएको छ । जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडामा सोमबार रौतहट सुनचाँदी ब्यवसायी संघको अध्यक्ष अरुण कुमार सोनीको अध्यक्षतामा आयोजना गरिएको शुभ दिपावली तथा छठ पर्व २०८० को शुभकामना अदानप्रदान तथा सम्मान कार्यक्रम भब्यताको साथमा सम्पन भएको थियो । शुभकामना अदानप्रदान तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि संघिय सांसद माननीय बिणा देवी साह रहनु भएको थियो भने बिशिष्ट अतिथि गरुडा नगरपालिकाको नगर उप–प्रमुख पुनम चौधरी, नेपाल सुनचाँदी ब्यवसायी संघ मधेश प्रदेशको अध्यक्ष राम जि साह सोनार रहनु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि संघिय सांसद बिणा देवी साहले सम्बोधन गर्दै भने हिन्दु धर्मावलम्बीहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वको हार्दिक शुभकामना सहित सम्पुर्ण जिल्लाबासि, नगरबासिमा सुख शान्ति छाओस भनि कामना गर्नु भएको थियो । सोहि प्रसंगमा शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्ने आयोजक टिमलाई समेत धन्यबाद दिदैं आजको समयमा आफ्नो कामको मात्र महत्व दिने मानिस धेरै भेटिन्छ तर समय निकालेर एक अर्कासंग भेटघाट गर्ने सुख दुख सम्बन्धि कुरा गर्ने मुस्किल नै परेको बताउनु भयो । तर आजको समयमा यस सुनचाँदी ब्यवसायी संघको अध्यक्ष अरुण सोनीले आयोजना गरिएको कार्य एकदम सराहनिय रहेको बताउनु भएको थियो ।
शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रममा संघिय सांसद साहले भने कि सुनचाँदी भन्ने बितिकैं सबैको मन लोभिन्छ ।सुन पहेंलो नरम र बिश्वले मानिएको महङ्गो धातु भध्ये एक भएको हुनाले पनि महंगो हुनु स्वाभाविकै हो ।परापुव कालदेखि मानव ईतिहास संगै कुनै न कुनै रुपमा गरगहना लगाउने प्रचलन हँुदै आएको तथ्य सर्ववितिदैं छ । जातिय अधारमा भौगोलिक अधारमा सुन चाँदी आ–आफ्नो गच्छे अनुसार लगाउँदै आएको पाईन्छ । सुनचाँदीलाई चोखो बस्तुको रुपमा धार्मिक कार्यमा पनि प्रयोग गर्दै आईरहेको बताउनु भयो ।
त्यति मात्र नभएर अझ मानिसको जिवन मरणसंग पनि यसले महत्व राख्दछ, मृत्युको मुखमा पुग्ने बेला सम्म पनि सुनमा पानि राखेर सुन पानी बनाई खुवाई बैकुण्ठबास हुन्छ भन्ने धार्मिक बिश्वास रही आएको परिप्रेक्षमा धार्मिक महत्व बोकेका गहना पनि त्यतिकै प्रचलनमा चलिआएको पाईन्छ । तर हाम्रो देश नेपालमा यस्ता सुनचाँदी ब्यवसायीहरुले नै बिभिन्न किसिमका दुख पिडा भोग्दै आईरहेको प्रति ध्यानआकर्षण भएको बताउनु भयो । सुनचाँदी ब्यवसायी संघ वा महासंघसंग अभद्र ब्यवहार गर्ने सरकार र प्रहरी प्रशासनलाई समेत ध्यानआकर्षण गराएका थिए ।साथसाथै राज्यबाट हुने हरेक सुखसुबिधा उपल्बध गराउने संघिय सांसद साहले बिश्वास दिलाएका थिए ।
त्यसतै सोहि कार्यक्रमको सम्बोधन गर्दै गरुडा नगरपालिकाको नगर उप–प्रमुख पुनम चौधरीले हिन्दुहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नगरबासि, वार्डबासि, राजनेतिककर्ता सहित देशबिदेशमा रहनु भएका सम्पुर्णमा हार्दिक शुभकामना ब्यक्त गरेका थिए ।
त्यसतै शुभकामना कार्यक्मको बिशिष्ट अतिथि समेत रहनु भएका नेपाल सुनचाँदी ब्यवसायी संघ मधेश प्रदेशको अध्यक्ष राम जि साहले २०८० को पावन पर्व शुभ दिपावली र छठको शुभकामना सहित दिपावली पर्व सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्दै उज्यालो भएको दिन महत्त्वपूर्ण रहेको अध्यक्ष साहले बताउनु भयो । दिपावली र छठ पर्वले देशविदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरू भेटघाट हुने र मान्यजनबाट आशिर्वाद दिने धार्मिक महत्त्व र विस्वास रहेको उनले बताए । त्यसतै अध्यक्ष साहले आजकल नेपाल सरकारले हामि प्रति बिभेद गरेको आरोप समेत लगाउनु भएको थियो ।
हामि ब्यापारीले नै यो देशको बिकास र समृद्धि भएको हो तर राज्यले हामि सुनचाँदी ब्यवसायीलाई दुख पिडा बाहेक अरु केहि नदिएको गुनासो समेत गर्नु भएको थियो । हामि ब्यापारीहरु राज्यलाई सहयोग गर्नुको साथसाथै गाउँ, सहरका मानिसहरुलाई पनि बेलाबेलामा सहयोग गर्दै आईरहेको बताउनु भयो । वहाँले भने परापुर्व कालमा सुन जो कोहिले पैसा भएर पनि पाउन गाह«ो हुन्थ्यो । किनभने बिदेश भनेको अहिले जस्तो सरल र सहज तरिकाबाट जान सकिदैनथ्यो । पहिला पहिला लाहुरे प्रथामा गुरुङ, मगरहरु हङकङ, मलाय, सिंगापुर भर्ति भएर आर्मिमा पाएको तलवबाट सुन किनेर ल्याउँथे भने ब्राहमण क्षेत्रीहरु प््राायः ईन्डिया बर्मा, गएर नोकरीबाट बचेको रुपैंयाबाट सुन किन्थ्यो । त्यति मात्र नभएर दुख परेको बेला सुनारकोमा लगेर धरौटी राखी आफ्नो गर्जौ टार्थे । तर आजकल यस्ता कुराहरु लोप समेत हुँदै गईरहेको बताउनु भयो ।
त्यसतै कार्यक्रमको अध्यक्षता गर्नु भएको अरुण कुमार सोनीले उपस्थित हुनु भएका सम्पुर्ण अग्रज, मित्र ,ब्यापारी लगायत देशबिदेशमा रहनु भएका सम्पुर्ण दाजुभाई, दिदिबहिनीमा शुभ दिपावली तथा छठ पर्व २०८० को हार्दिक शुभकामना ब्यक्त गर्दै हाम्रो निमन्त्रण स्विकार गरेर आउनु भएका सम्पुर्णमा हार्दिक अभार प्रक्ट गर्नु भएको थियो । साथसाथै उपस्थित भएका मानिसहरुलाई फुलमाला, टिका र दोसाला ओढाएर स्वागत सहित सम्मान गर्नु भएको थियो ।
उक्त शुभकामना तथा सम्मान कार्यक्रममा सुनचाँदी ब्यवसायी संघको उपाअध्यक्ष कामेश्वरनाथ प्र.साह, मुकेश कुमार साह, बासदेव साह सोनार, महाििसचव ललित कुमार सोनी, श्याम बाबु साह, कोषाअध्यक्ष राजकुमार साह, जागरिथ साह सोनार ,श्रीमति गिता कुमारी साह, गरुडा नगरपालिकाको मेयर प्रत्याशि बृज किशोर यादब, गरुडा नगर उधोगको पुर्व अध्यक्ष राम भरोस यादब, गरुडा नगरपालिकाको बिभिन्न वाडको वडाअध्यक्षहरु, गरुडा नगर उधोग बाणिज्य संघको पदाअधिकारीहरु लगायत सयकडौं मानिसहरुको सहभागिता रहेको थियो ।