रमेश कुमार यादब
कार्तिक २८,रौतहट
रौतहट गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल शुभकामना अदान प्रदान तथा छठ पर्व लक्षितका समाग्री बितरण कार्यलाई दोस्रो दिन निरन्तरता दिएका छन । सोमबारदेखि गरुडा नगरपालिकाको वार्ड नं.८ जिंगडीयाबाट सुरु गरेका शुभकामना अदानप्रदान लगायत छठ पर्व लक्षित समाग्री बितरणलाई दोस्रो दिन मंगलबार पोठियाहिका सयौं ब्रतालु महिलाहरुलाई एक कार्यक्रम बिच एक–एक थान साडी सेट र बाँसका दाउरा सुपली वितरण गर्नु भएका थिए ।।
प्रत्येक वर्ष झै यस वर्ष पनि गरुडा नगरपालिकाको लोकप्रिय मेयर जैसवालले आफ्नो नगरको दलित, अति विपन्न एवं गरिव समुदायका छठ पर्व गर्ने ब्रतालु महिलाहरुलाई खोजी खोजी छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्रिका साथै साडीसेट समेत वितरण गर्नमा अग्रसरता देखाएका छन ।
अभियानको दोस्रो दिन नगर प्रमुख जैसवालले एक कार्यक्रमको आयोजना गरी गरुडा नगरपालिका वडा नं.६ पोठियाहिमा छठ पर्व गर्ने १ सय ५१ जना छठ ब्रतालु महिलाहरुलाई दाउरा सुपली र एक–एक थान साडीसेट वितरण गरेका थिए । त्यति मात्र नभई नगर प्रमुख जैसवालले आफ्नो नगरको प्रत्येक वाडमा आवश्यकता अनुसारको छठ पर्व गर्ने बतालु् महिलाहरुलाई बाँसको दाउरा,सुपली र साडी सेट बितरण गर्नै नगर प्रमुख जैसवालले बताउनु भयो ।
नगर प्रमुख जैसवालले आफ्नो नगरको कुनै पनि मानिसहरु पैसाको अभावमा छठ पर्व गर्नबाट बन्चित नहोस भनि उदेश्यले अति विपन्न, गरिव एवं दलित समुदायका ब्रतालु महिलाहरुलाई खोजी खोजी दाउरा, सुपली, साडी सेट बितरण गर्ने लक्ष्य रहेको पत्रकारसंग कुराकानी गर्दै बताए । नगर प्रमुख जैसवालले अति गरिव, दलित एवं विपन्न परिवारका ब्रतालु महिलाहरुलाई खोजी खोजी छठमा प्रयोग हुने बाँसका सामाग्रीका साथै साडी सहयोग गर्ने अभिायन नै सञ्चालनमा ल्याएका छन । गरुडा नगरपालिकाको प्रत्येक वडामा दाउरा, सुपली र साडीसेट वितरण गर्ने आफ्नो योजना रहेको पनि उनले बताए ।
छठ पर्व धेरै खर्चिलो हुने गरेकोले पैसाको अभावमा खास गरी दलित, गरिव एवं विपन्न परिवारलाई छठ पर्व मनाउन धेरै मुस्किल हुने गरेको अवस्थालाई मध्य नजर गर्दै पैसाको अभावमा कसैलाई पनि छठ पुजा गर्नबाट समस्या नहोस भन्ने उद्देश्यले अभियानको दोस्रो दिन मंगलबार पोठियाहिका छठ गर्ने अति गरिव समुदायका ब्रतालु महिलाहरुलाई बाँसबाट बनाइएको दाउरा, सुपली लगाएतका सामग्रि सहयोग गरेका नगर प्रमुख जैसवाल वर्तमानकाल दैनिका पत्रिका सह–सम्पादकसंग बताए । नगर प्रमुख जैसवालले अति गरिव मानिएका दलित, पिछडा बर्गका समुदायलाई पहिलो प्राथमिकतामा राखेर आफुले नगरपालिकाबाट उक्त सामग्रि सहयोग गरिरहेका उनले बताए । सोहि क्रममा सोहि ठाउँका बिभिन्न मानिसहरु बिभिन्न किसिमका प्रश्नहरु गर्नु भएका थिए ।
तर नगर प्रमुख जैसवालले आफु निर्वाचित भएदेखि नै यस पोठियाहि गाउँमा अनेकौं प्रकारका योजना सहित बिकास गरेका बताए । तर यस बिकास निर्माणमा पनि बिभिन्न ब्यतिmहरु आफ्नो निजि स्वार्थका लागी उक्त कार्यमा पनि बिभिन्न बाधा अवरोध खडा गरे ता पनि आफु अडिग भएर काम गरेको बताए । साथसाथै बिकास निर्माणको काम मेरो एक्लै न भएको तपाईहरुको पनि जिम्मेवारी रहेको त्यस कारण तपाईहरुको सहयोग र साथले नै म अगाडी बढनुको साथसाथै बिकास निमार्णको कार्य अगाडी बढने बताएका थिए ।
पोठियाहि बासिहरु मलाई सहयोग र साथ दियोस हरेक असम्भव कार्यलाई सम्भव बनाएर देखाउने छु नगर प्रमुख जैसवालले बाचा समेत गरेका थिए ।वहाँको यो सराहनिय कार्यले गर्दा नगरबासि अति नै हर्षित हुँदै नगर प्रमुख जैसवाललाई धन्यबाद दिएका छन । त्यति मात्र नभई नगर प्रमुख जैसवाल यो भन्दा अघि मेयरमा निर्वाचित नरहेपनि गरुडा नगरपालिका स्थित रहेको हजारौं छठ ब्रतालु महिलाहरुलाई साडी सेट समेत बितरण गरेका थिए ।