रमेश कुमार यादब
कार्तिक २९,रौतहट
रौतहटको गरुडाबाट दुई जना डाँका पक्राउ परेका छन । जिल्लाको मध्यभाग गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा पानी ट्याङ्की स्थितबाट गरुडा ईलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिएका थिए । पक्राउ परेका डाँकाहरुबाट एक थान बन्दुक र त्यसमा लाग्ने ४ थान गोली समेत बरामद गरेको डिएसपी खनालले बताउनु भयो । पक्राउ पर्नेमा सर्लाहि जिल्लाको लालबन्दी नगरपालिकाको वार्ड नं.२ बस्ने ३२ बर्षिय शतिm पासवान र सोहि ठाउँको ३३ बर्षिय अजय पासवान रहेको बताउनु भयो ।
गत कार्तिक २० गते बिहान करिब अढाई बजे महोतरी जिल्लाको जलेश्वर नगरपालिका – ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा भएको डकैतीको घटनामा संलग्नमा रहेको बृुझिएको खनालले बताउनु भयो । पासवानद्धय उताबाट भागि लुक्न रौतहट आएको र सोहि क्रममा पक्राउ परेका छन । पक्राउ परेका दिन नै पासवानद्धयलाई महोतरी प्रहरीसंग समन्यवन गरि पठाईएको जानकारी दिनु भयो । उनीहरुलाई महोतरी जिल्ला लगिरहेको बेला प्रहरीको हिरासतबाट भाग्न खोज्दा उनीहरूमाथि प्रहरीले गोली चलाउँदा दुई जना डाँकाहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलीप कुमार गिरीले जानकारी दिएका छन ।
गोली प्रहारबाट सर्लाहीको लालबन्दी नगरपालिका– २ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानद्धय घाईते भएका छन । उनीहरूको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । गम्भीर रूपमा घाइते बनेका उनीहरूको हाल प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) गिरीले जानकारी दिए ।
डिएसपी गिरीका अनुसार गत कार्तिक २० गते बिहान करिब अढाई बजे भएको डकैतीको घटनामा संलग्नमा संलग्न रहेका पासवानद्वयलाई रौतहट प्रहरीको सहकार्यमा पक्राउ गरेका बताउनु भयो । डिएसपि गिरीको अनुसार रौतहटबाट नियन्त्रणमा आएका उनीहरूलाई महोत्तरीतर्फ लग्ने क्रममा सर्लाहीको सङ्ग्रामपुरमा प्रहरीको गाडी बिग्रियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट अर्को सवारी मगाई उक्त गाडीले महोत्तरीको सिमाना सोनाम गाउँपालिका – ५ सम्म राति १० बजे पु¥याएपछि पुनः महोत्तरीबाट आएको अर्को गाडीमा राख्न खोज्दा पासवानद्वय हाम फाली भाग्न खोजेका थिए ।
सोही क्रममा आफ्नो कमान्डमा खटिएको टोलीले चाइनिज पेस्तोलबाट गोली प्रहार गर्दा दुवै जनाको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको डिएसपी गिरीले जानकारी दिए ।पासवानद्वयसँगै हात हातहतियार सहित आएको ७÷८ जनाको डाँकाहरूको समूहले चौधरीको घरको मुलढोका लगायतका ढोकाहरूको ताल्चा फुटाइ घरमा प्रवेश गरी घरमै सुतिरहेको अवस्थामा चौधरी, जय किशोर चौधरी, सीमा चौधरी र शैलदेवी चौधरी भान्सा कोठामा लगी बन्द गरिदिएका थिए ।
त्यसपछि डाँकाहरूले चौधरीको टाउकोमा प्रहार उनलाई घाइते बनाउनुका साथै शैल देवीमाथि काठको चिरपटले प्रहार गरी दाहिने हातमा चोट पु¥याएका थिए । उनीहरूले ४० तोला सुनको गरगहना, चाँदीको ४५ तोलाको गरगहना, एक थान मोबाइल, नगद १ लाख ७५ हजार रकम लुटेको प्रहरीले जनाएको छ ।