रमेश कुमार यादब
मंसिर ०८,रोतहट
रौतहटको कटहरिया नगरपालिका ९ डुमरियामा राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । आफ्नो घरमै रहेको अवस्थामा एक्कासि बुधवार साँझ राँगाको आक्रमणबाट घाइते भएका कटहरिया ९ डुमरिया गाउँका ७० वर्षीय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल बिरगंजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । सोही राँगाको आक्रमणमा परी पटक पटक गरेर १ दर्जन भन्दा बढी मानिस घाइते भएका छन् ।
स्थानीय समाजसेवी बच्चालाल यादवका अनुसार आक्रमणबाट राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास महरा लगायत १ दर्जन बढी मानिस घाइते भएका हुन् । अतिनै खुंखार प्रवृत्तिको उक्त राँगा नियन्त्रण गर्न पटक पटक गाउँलेहरूले आग्रह गर्दा अध्यक्ष रुपेश यादव र मेयर अजय प्रकाश जैसवालले वास्ता नगरेको कारण मानिस मृत्यु हुन पुगेको स्थानीयको गुनासो छ ।
यता कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालसंग यस सम्बन्धमा सोध्दा हामि उक्त खुंखार रांगालाई नियन्त्रणमा लिन प्रयासरत रहेका छौ साथसाथै मानिस र प्रहरी प्रशासन समेत लगाएको बताए । खुल्ला रुपमा घुमि रहेका रांगालाई चाडैं नै नियन्त्रणमा लिने आश्वासन दिएका छन ।
हाम्रो नगरको मानिसको जिउ ज्यानको रक्षा गर्नु मेरो कर्तब्य समेत रहेको बताउर्दै,जनताहरुमा परेको आपत बिपतमा सधै खडा रहने प्रतिबद्धता समेत जनाउनु भयो ।रांगाको आक्रमणबाट मृत्यु भएका परिवार प्रति हार्दिक श्रदान्जली सहित परिवारजनमा धैर्य धारणको कामना समेत गरेका थिए ।