वर्तमानकाल सम्वाददाता
रौतहटमा शुक्रबार बिहानै बेवारिसे अवस्था फेला परेको शवको पहिचान खुलाएको हो । जिल्लाको गौर गंगापिपरा सडक खण्डमा पर्ने झाझ खोलामा निर्माणाधिन पुलको पिलरको रिंगमा फेला परेका युवकको शव अरबीन्द सहनीको रहेको पहिचान खुलेको छ ।
माधवनारायण नगरपालिकाको लौकाहा घर भई दुर्गा भगवती ३ मा मामा घरमा बस्दै आएको अरबीन्द सहनीको शव रहेको प्रहरीले पुष्टि गरेको हो ।तपलाल सहनीको नाति सुखिया देवीको २१ बर्षको छोरा अरबीन्द सहनको शव रहेको छ ।
पिलरको रिंगबाट शव बाहिर निकालेर उसको पर्समा रहेका कागजातबाट मृतकको पहिचान खुलेको बताइएको छ । युवक अरबीन्दको कुन कारण हत्या भएको हो त्यस वारे प्रहरीले गहन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।