रौशन चौधरी
मंसिर १२, रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिका स्थित रहेको दुई वटा वडाका स्थानिय शुद्वखाने पानीबाट बन्चित रहेको समस्या चाडै समाधान हुने नगर प्रमुख अजय प्रकाश जैसवालले बताएका छन । मंगलबार नगरपालिकाको सभा हलमा बसेको कार्यपालिकाको बैठकबाट उक्त निर्णय भएको मेयर जैसवालले जानकारी दिएका छन ।
सो बैठकको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले भने गत करिब १ महिनादेखी नगरको दुई वटा वाडका स्थानिय बासी शुद्व खानेपानीबाट बन्चित आफू दुखित रहेको समेत बताएका थिए । नगरपालिका लगायत उक्त वार्डको समेत केही कमि कमजोरीको कारण यस्तो अवस्था आएको दुखेसो पोखेका थिए । गत एक महिना अगाडि मौलापुर बिधुत प्राधिकरणले मिटर खोली लगेको थियो । तर मंगलबारको बोड बैठकको सर्वसहमतिमा उक्त दुई वटा वार्डको खानेपानीको समस्या चाडैं समाधान गर्ने भनी सहमती जनाए अनुसार कटहरिया खानेपानिको बाकीँ रहेको विधुत महसुल्क नगरपालिकाले तिन दिन भित्रमा नेपाल विधुत प्राधिकारण मौलापुरलाई भुक्तानि गरि खानेपानी संचालनमा ल्याउने नगर प्रमुख वर्तमानकाल दैनिक पत्रीकाको प्रधान सम्पादक रौशन चौधरीलाई जानकारी दिएका थिए ।
कटहरिया नगरपालिका स्थित रहेको वडा नम्बर ४ र ५ का उपभोक्ताहरुले शुद्ध पानी पिउदै आएका थिए । तर दशै अघि देखि स्थानियहरुले शुद्ध पानी पिउनबाट बञ्चित भएका थिए । खानेपानीबाट हजारौ घर परिवार वञ्चित भएको समाचार प्रकाशित भएपछि मेयर जैसवालले चाडैं समस्या समाधानमा हुने र पानी आउने प्रतिबद्धता जनाएका थिए ।
त्यति मात्र नभएर खानेपानिको धारा नपुगेका घर-घरमा पनि निशुल्क धारा लगाउने मेयर जैससवालले प्रतिवद्धता जनाए । उक्त स्थानको स्थानिहरु शुद्व खानेपानिबाट बन्चित हुनुको कारण विधुत मिटरको पैसा नतिरेकाले नेपाल विद्युत् प्राधिकरण मौलापुरले खानेपानीको विद्युत् मिटर खोलेर लागेको थियो। तर बिधुत प्रधिकरणको बाँकी रहेको करिब १६ लाख तीन भित्र तिरेर शुद्वखाने पानी चाडैं भन्दा चाडैं जनता सम्क्ष पुर्याउने बताए । आफ्नो नगरको हरेक समस्या आफ्नो समस्या रहेको बताउदै नगरमा भएका अन्य समस्या समेत चाडैं निराकरण गर्ने आश्वासन दिलाएका थिए ।
मानिसको स्वास्थ्यको ख्याल गर्दै अब छिटो भन्दा छिटो शुद्वखाने पानी उपलब्ध गराउने बोड बैठकबाट यो निर्णय भएको जानकारी गराएका थिए । अशुद्ध पानी पिउनाले विभिन्न किसिमको रोग लाग्ने गरेको बताए ।त्यसैले मानिस स्वस्थ्य हुनु शुद्व खानेपानीको अति आवश्यक रहेको बताए ।