रौतहट, १४ मंसिर । हाकिम बिहिन रौतहटको दुई पालिकाहरुमा एकैदिन दुई प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन । बुधबार एकै दिन जिल्लाको देवाही गोनाही नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन् भने यमुनामाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई
जिम्मेवारी दिइएको छ ।
देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सन्देश यादव हाजिर भएका हुन् ।उनी यस अघिका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवको ठाउँमा आएका हुन् ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह, वडाध्यक्षहरु र कार्यालयका कर्मचारीहरुको उपस्थितिमा यादवले कार्यालय प्रमुखको रुपमा हाजिर भएका हुन् ।
कार्यालय प्रमुखको रुपमा नगर प्रमुख साहले यादवलाई स्वागत पनि गरेका छन् । यता उप प्रमुख परनिया देवी पटेलले भने, आफू सँग सल्लाहै नगरी हाजिर भएको भन्दै असंतुष्टी जनाएकी थिईन् ।
कार्यालयमा हाजिर भएपछि जवाफदिने क्रममा यादवले आफूले नियमानुसार कामकाज गर्ने उपप्रमुख समक्ष प्रतिबद्धता समेत जनाएका थिए ।
यता जिल्लाको यमुनामाइ गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी फेरि रामश्रेष्ठ यादवलाई दिइएको छ । यस अघि उनले उक्त गाउँपालिकाको जिम्मेवारी सम्हालीसकेका छन् । यता एउटै हाकिम पटक पटक आउनु दुखद
कुरा रहेको स्थानियहरुले प्रश्न समेत गर्न थालेका छन । एउटै ब्यतिm पटक पटक हाकिम बन्दा ठुलो रकम हिनामिना हुन सक्ने शंका समेत गर्न थालेका छन ।