रौतहट, १४ मंसिर । रौतहटको राजपुर नगरपालिकामा प्रहरीले अवैध मदिरा उत्पादन गर्ने तीनवटा रक्सी भट्टी नष्ट गरेको छ । राजपुर नगरपालिका– ५ मा अबैध रूपमा सञ्चालन रहेको रक्सी भट्टी नष्ट गरिएको हो ।
विशेष सूचनाको आधारमा बुधबार दिउँसो सावा ३ बजेतिर गएको प्रहरी टोलीले अबैध रूपमा सञ्चालन गरेको उक्तरक्सी भट्टी नष्ट गरेको ईलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।
भट्टी नष्ट गर्ने क्रममा ६० लिटर कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ । ३ वटा खाली जार प्रहरीको नियन्त्रणमा रहेको छ । प्रहरी बरिस्ठ नायब निरिक्षक प्रमानन्द प्रसाद यादवको कमान्डमा गएको प्रहरी टोलीले पूर्ण रूपले रक्सी भठ्ठी नष्ट गरेको हो ।
उक्त अबैध रक्सी भठ्ठी इलाका प्रहरी कार्यालय बाट ३ किलोमिटर पश्चिम उत्तरपर्ने ठाउँमा सञ्चालनमा रहेको बुझिएको छ ।प्रहरीको अनुसार यस्ता अबैध भट्टीहरुलाई नष्ट गर्ने अभियान नै चलाएका छौ उनीहरुले बताएका छन । यस्ता मदिरा पिउनाले कतिपय मानिसहरुको ज्यान समेत गरेको कुरा प्रष्ट नै रहेको जानकारी दिए ।