रमेश कुमार यादब
मंसिर १८,रौतहट
राजस्व छलेर नेपाल भित्रयाउदै गरेका सामानहरु नेपाल प्रहरी रौतहटको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएर करिव दुई लाख ३८ हजार १५० मूल्य बराबरको मालसामान सहित सवारी साधनहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयको जिम्मा लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस वत्तव्यमा मंसिर १७ गते इशनाथ, गौर लगायतको विभिन्न स्थानहरुबाट भन्सार छलेर नेपाल मालसामानहरु भित्रयाउदै गरेको समाचार प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरुबाट खटिएको टोलीले उक्त मूल्य बराबरको मालसामान सहित सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयको जिम्मा लगाएका हुन् ।
गस्तीमा गएका प्रहरी टोलीलाई देखेर सामान सवारी साधनहरु छाडेर भागेपछि प्रहरीले बेवारिसे अवस्थामा सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताए ।गौर नगरपालिका १ र इशनाथ नगरपालिका वडा नम्वर ८ बाट भन्सार छलेर पैठारी निकारी गरिरहेको अवस्थामा विआर ५५ डी ३५८३ र विआर ३० सी ०५९७ भारतीय मोटरसाइकलमा किराना सामान, लत्ताकपडा र सौफी लगायतका सर सामानहरु बरामद गरेर करिव दुई लाख ३८ हजार १५० हजार मूल्याँकन कायम गरेर गौर भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।