जितेन्द्र कुश्वाहा
वर्तमानकाल सम्वाददाता
बागमती नगरपालिकाको जिरायत बजार देखी पुतली चोकसम्मको सडक केही महिना अगाडी देखि नै सडक क्षेत्रमा रहेको भौतिक संरचनाहरु हटाई सडक निर्माण कार्य अगाडी बढाईएको थियो। सो योजनाको गति सहि ढंगले अघि नबढ्दा यि क्षेत्रको सडक स्तरोन्नति अलपत्रमा परेको हो ।
उक्त क्षेत्रको सडकमा बर्षातको समयमा हिलम्मे र हिउँदको समयमा धुलम्मे हुने हुने गरेको स्थानीयहरू बताउँछन। सडक क्षेत्रको भद्रगोल अवस्थालको कारण धुलो धुवाँले गर्दा स्थानियहरुलाई हिँड्डुल गर्न तथा सवारी साधन चलाउनै गाह्रो भएको छ। यसै कारणले गर्दा पर्यटकीय स्थल भरत तालमा पनी पर्यटकहरु घुम्न आउँने संख्यामा कमि आएको छ।
जिल्लाका प्राय ग्रामिण भूभाग तथा अन्य ब्यबसायिक ठाउँमा सडकहरुमा धुलो धुँवा हुने भएता पनि केहि स्थानिय तहले उक्त क्षेत्रमा धुलो न उठोस, मान्छेको स्वास्थ्यमा समस्या नपरोस भनेर तत्काललाई सडकमा बेला बेलामा पानि छम्किने गरेका छन।यस क्षेत्रमा सडकका बिँचमा खाल्डाखुल्डी तथा सडकमा बिभिन्न ढुंगा भएका कारण दुर्घटनाको उच्च जोखिम छ।
बर्षौंदेखि यी र यस्ता समस्या झेल्दै आएका यहाँका स्थानिय सरोकारवालाले ध्यान नदिएर सडकको यस्तो दुर्गति भएको बताउँछन।