रमेश कुमार यादब
रौतहटको गरुडामा धुमधामसंग नेपाली समुदायले अन्तराष्टिूय स्वयंसेवक दिवस मनाएको हो । जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा नगरपालिकाले एक कार्यक्रम बिच धुमधामसंग मनाईएको थियो । गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको अध्यक्षतामा आयोजना गरिएको थियो । प्रत्येक बर्षको मंसिर १९ गते मनाउने अन्तराष्टिूय स्वयंसेवक दिवस मनाउने गरिन्छ भने सोहि अनुरुप गरुडा नगरपालिकाले पनि मनाईएको थियो ।।
सो दिवस मनाउने क्रममा स्वयंसेवकहरुले बिभिन्न प्लेटकार्ड र ब्यानर सहित गरुडा नगरपालिकाको भ्रमण समेत गरेका थिए ।परिक्रम गरिए पश्चात गरुडा नगरपालिकाको सभाहलमा कोण सभा समाप्न गरेको थियो । अन्तराष्टिूय स्वयंसेवक दिवस कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले भने मंगलबार विश्वभर स्वंयमसेवक दिवस बिभिन्न कार्यक्रम गरि मनाईरहदा पनि सोहि अनुरुप आज एक कार्यक्रमको आयोजना गरि मनाईरहँदा मलाई धेरै खुसि लागेको बताउनु भएको थियो ।
वहाँले भने पछिल्लो समय नेपालमा स्वयमसेवाको भाव मानिसहरुमा हट्दै गएको पनि पाईएको छ । प्रविधिको बढ्दो प्रयोग र विदेश पलायनले युवा पुस्तामाझ स्वयमसेवा प्रति रुची घट्दै गएको हो ।समुदायमा स्वच्छभावले काम गर्नू र समुुदायमा परेका समस्याहरुलाई हल गर्नू तथा कसैलाई समस्या परेको समयमा सहयोग गर्नू नै स्वयमसेवा हो बताएका थिए । अगाडिका समयहरुमा गाउँघर तिर युवाहरुको टोलीले गाउँमा बाल क्लव, युवा क्लव, गुठी, उपभोक्ता समिति जस्ता विभिन्न नाममा समाजका लागि निःशुल्क काम गर्ने प्रचलन थियो ।
गाउँ शहरमा परेका समस्याहरुलाई एकजुट भई समाधान गर्दथे । गाउँ टोलको बाटो घाटो सफा गर्ने देखि लिएर समुदायमा केहि समस्या पर्दा स्वयमसेवी भावले काम गर्ने गर्दथे । तर पछिल्लो समय मानिसहरु बढी ब्यक्तिबादी बन्दै गएका छन् । स्वयमसेवा प्रति युवाहरुको आकर्षण घट्दै गएको बताए ।
पछिल्लो समय गाउँघरतिर त कसैको मृत्यु भएमा काँधमा बोक्ने मानिस पनि खोज्नुपर्ने अबस्था रहेको छ ।अहिले पनि हामीले औपचारिक होस या अनौपचारिक रुपमा समुुदायलाई स्वयमसेवकको रुपमा काम गरीरहेका हुन्छौ । युवाहरुको संख्या धेरै भए पनि उनीहरुमा स्वयमसेवाको भावना कम हुँदै गएको छ ।
स्वयमसेवाप्रति युवाहरुको आकर्षण बढाउनका लागि सरकारले ठोस निति ल्याएर काम गर्नूपर्ने युवाको भनाई छ । तर हाम्रो नगरपालिकामा महिलाहरुले आफनो जिम्मेवारी ईमान्दारिताका साथ निर्वाह गर्दै आईरहेको छ । वहाँले गाउँघरमा निर्वाह गर्नु पर्ने कार्यलाई समाज र जनता माझ पुरयाउर्दै आईरहेकोमा महिला स्वयंसेवकलाई हृदयबाट धन्यबाद दिएका थिए । तथा नगर प्रमुख जैसवालले सोहि दिवसको अवसरमा उपस्थित भएका महिला स्वयंसेवकहरुलाई टिका तथा दोसाला ओढाएर स्वागत समेत गरेका थिए ।