रौशन कुमार चौधरी
मिथिला लघुबित बितिय संस्था लि.ले वित्तिय साक्षरता कार्यक्रम मनाएको हो । रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.५ महम्मदपृुर स्थित रहेको यस मिथिला लघुबित बितिय संस्था लि.शाखा कार्यालय महम्मदपुर,रौतहटले साक्षरता कार्यक्रम मनाईएको हो । बुधबार बितिय संस्थाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी उक्त लघुवितका प्रमुख तथा अभिभावकहरुसंग वित्तिय साक्षरता कार्यक्रमलाई जोड दिएका थिए । उक्त साक्षरता कार्यक्रमको प्रमुख अतिथि गरुडा नगरपाििलकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि मिथिला लघुबित बितिय संस्थाको ईलाका प्रबन्धक जितेन्द्र कुमार महतो रहेको थियो अतिथिमा गरुडा नगरपालिकाको वार्ड नं.४ को वडाअध्यक्ष सुनिल कुमार जैसवाल रहेको थियो भने शाखा प्रबन्धक बसन्त कुमार महतोको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।
साक्षरता कार्यक्रमको सम्बोधन गर्दै शाखा प्रबन्धक बसन्त कुमार महतोले भने यस साक्षरता कार्यक्रममा पाल्नु भएका प्रमुख अतिथि लगायत केन्द्र प्रमुखहरुलाई स्वागत गर्नु भएको थियो । शाखा प्रबन्धकले यस मथिला लघुबित बितिय संस्थाबाट पाउने प्रत्येक सेवा सुबिधा दिईरहेको बताउनु भयो । हाम्रो लघुबित बितिय संस्था नेपाल सरकारको राष्टू बैंकबाट “घ“ बर्गको ईज्जात प्राप्त बैंक रहेको बताउनु भयो जसको मधेश प्रदेशको सम्पुर्ण कार्यक्षेत्र रहेको बताउनु भएको थियो । शाखा प्रबन्धक महतोको अनुुसार मधेश प्रदेश भरि जम्मा शाखा संख्या ४५ वटा रहेको जानकारी दिनु भएको थियो ।
शाखा प्रबन्धक महतोको अनुसार यस संस्थाबाट प्रवाह हुने सेवा जस्तै घर दैलो सेवा, महिला बर्षको आथिृक समाजिक र क्षैक्षिक शस्तिकरणमा सहयोग गर्ने र धितो वा बिना धितोको उत्पादन मुलक कामको लागी सहजरुपमा पुजि उपल्बध गराउने, बिभिन्न सिप मुलक तालिम दिई रोजगारी सिर्जनामा सहयोग गर्ने तथा महिला सदस्यहरुलाई आत्म बिश्वास र आत्म निर्भर बनाउनमा सहयोग गर्दै आईरहेको बताउनुको साथसाथै बचत सुबिधा,मासिक क्षैक्षिक र स्मृद्धि हरेक कर्जाको बिमा सुबिधा रहेको र मधेश प्रदेश भित्र प्रथम पटक यस संस्थाद्धारा १० हजार घरधुरी बिधुतिय ईनडक्सन चुल्हो बितरण कार्यक्रम संन्चालन समेत गरिरहेको महतोले बताउनु भयो ।
त्यति मात्र नभएर यस संस्थमा आबद्ध रहेका सदस्यहरुको छोरा छोरीले उत्कृष्ट अंक ल्याई यसईईमा उर्तिण गरेमा प्रोत्साहन स्वरुप रकम उपल्बध समेत गराउदै आएको बताउनु भयो ।त्यति मात्र नभएर महिला सदस्यहरुलाई सुतकेरी वापतको सुबिधा उपल्बध गराउदै आएको हो । यस मिथिला लघुबित बितिय संस्था लि. महम्मदपुरको शाखासंग हालसम्म १ हजार २ सय २० जना सदस्यहरु आबद्ध रहेका छन ।
यस संस्थाको जम्मा निक्षेप संकलन ३ करोड ३८ लाख ३५ हजार रहेको छ भने १३करोड ६६ लाख ४ हजार रुपैंया कर्जा लगानी गरेको शाखा प्रबन्धक महतो जानकारी दिएका छन ।त्यसतै सोहि कार्यक्रमको बिशिष्ट अतिथि रहेका ईलाका प्रबन्धक जितेन्द्र महतोले भने यस संस्थाका सम्पुर्ण सदस्य लगायत केन्द्र प्रमुखलाई धन्यबाद दिर्दै यसलाई अगाडी बढाउन आग्रह समेत गरेका थिए ।
त्यसतै ईलाका प्रबन्धक महतोले केन्द्र प्रमुख र अभिभावकलाई राष्टू बैंकको परिवर्तत निति नियम निर्देशन वारे जानकारी गराउने, रकमलाई कसरी चलायमान गराउन सकिन्छ साथै सदस्य, अभिभावकका संस्था प्रतिको जिज्ञासा गुनासा, सल्लाह सुझाव लिदै बिभिन्न समसमाहिक विषयमा जानकारी गराएका थिए ।
त्यसतै सोहि कार्यक्रमको प्रमख अतिथि गरुडा नगरपालिकाको नगर पमुख कन्थमनि प्रसाद जैसवालले बैंकको निति नियम अनुुसार कर्जा लगानी गर्न आग्रह गर्नु भएको थियो ।