रमेश कुमार यादब
रौतहटका अधिकांश क्रसर उद्योग अवधै रुपमा सञ्चालन रहेको पाईएको छ । त्यस्ता उद्योगलाई तत्काल बन्द गराउन पहल शुन्य देखिएको छ । रौतहट जिल्ला समन्वय समितिका प्रमुखरामअयोध्या यादबले जिल्लामा रहेका दर्जनौं अबैध क्रसर तथा बालुवा प्रशोधन कारखानाको अनुगमन शुन्य रुपमा देखिएको हो । अवैध रुपमा ती उद्योग सञ्चालन भइरहेको हुँदा पनि समितिका सभापति कानमा तेल हालेर बसेको अवस्था रहेको छ ।समितिले यस्ता जिल्लाका बिभिन्न अबैध क्रसर तथा बालुवा प्रशोधन उद्योगको दर्ता नवीकरण नभएको र उद्योगलेकारोवारको विवरण समेत नराखेको जानकारहरुले जानकारी दिएको छ ।
ती उद्योगले राज्यलाई बुझाउनुपर्ने कर समेत छलिरहेको हुँदा यस विषयमा स्थानिय, प्रदेश र सङ्घीय सरकार समेतले कानमा तेल हालेर मस्त निद्रामा सुतिरहेको प्रष्ट देखिरहेको छ । समाचार सम्प्रेसन भएको केहि दिन पछि एक दुई दिन अनुगमन गरेर अनुमति लिएर उद्योग सञ्चालनमा रहेका, तथा नरहेका अबैध क्रसर उधोग तथा बालुवा प्रशोधनको अनुमति लिएर ढुंगा गिट्टीको उत्पादन गर्ने क्रसर उद्योग चलाइरहेका संन्चालकलाई भनेपनि उनीहरुले कुनै यस्ता प्रक्रिया अपनाएको पाईएको छैन ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं.१ रमौली स्थित, सोहि नगरपालिकाको वार्ड नं.४ हरैया स्थित रहेको बिभिन्न अबैध क्रसर उधोग र बालृुवा प्रसोधन उधोग संन्चालनमा रहेको सोहि ठाउँको स्थानियहरुको भनाई रहेको छ । यस्ता उधोगहरुले आफ्नो हालिमोहालीको तथा पावरको भरमा चलाईरहेको पाईएको छ । त्यति मात्र नभएर सरकारले पाउने पर्ने कर समेत छलिरहेको भएपनि जिल्लाको समन्यवन समितिको अध्यक्ष तथा जिल्ला प्रमुखले बेखर रहेको पाईएको छ ।
यस्ता क्रसर तथा बालुवा प्रसोधन उधोगहरुले सरकारको आंखमा धुला झोकेर निर्वाध रुपमा चलाईरहदा पनि यसका संन्चालकहरुलाई कार्यावाहि नहुँदा बिभिन्न किसिमको टिकाटिप्णी उठिरहेको छ ।। यस्ता अबैध तथा बालुवा प्रसोधन उधोग गाउँको छेउमा नै संन्चालन हुँदा गाउँको वातावरणमा प्रभाव मूल्यांकन नगरी क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएको हुँदा सो कार्य तत्काल रोक्न स्थानियहरुले माग गरिरहेका छन ।
यस्ता अबैध क्रसर तथा बालुवा प्रसोधन उधोगहरुले नदिको किनारमा नै अवैधरुपमा करोड मूल्यको ढुङ्गागिट्टीलाइ संकलन गरी घाटगद्दी गरेर राखेको छ । नदीजन्य पदार्थको उत्खनन् र बिक्री वितरण गर्दा प्रदेशको ऐन र नियम लागू हुने भएको हुँदा नगरपालिका र गाउँपालिकाले जथाभावी क्रसर उद्योगको अनुमति दिन नपाउने नियममा समेत उल्लेख रहेको छ ।