वर्तमानकाल सम्वाददाता
सर्लाहीको हरिपुर्वामा बिहीबार गोली प्रहार गरी एक सहकारीको पाँचलाख रुपैयाँ लुटिएको छ । लुटेराले गोली हवाई फायर खोलेर रकम लुटेर लगेका हुन् । लुटेराको पहिचान भने हुनसकेको छैन । सर्लाहीको हरिपुर्वामा गोली पड्काएर सहकारीको रकम लुटपाटहरिपुर्वा नगरपालिका–५ स्थित जयगंगा बचत तथा ऋण सहकारीको शाखा कार्यालय बसन्तपुरका लागि एनआईसी बैंकबाट निकालिएको ५ लाख रकम लुटपाट भएको हो ।
हरिपुर्वास्थित एनआईसी बैंकबाट जयगंगा सहकारीका शाखा प्रबन्धक रामनाथ राय तथा त्यहाँका कर्मचारी नीरा रायले ५ लाख नगद झिकी शाखा कार्यालयतर्फ जाने क्रममा हरिपुर्वा–६ हनुमान चोक नजिकबाट लुटपाट भएको जयगंगा सहकारीका अध्यक्ष गणेश कुमार यादवले बताए ।उनका अनुसार बैंकबाट पैसा भिकेर ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा जाँदै गरेका शाखा प्रबन्धकको टोलीलाई नम्बर नखुलेको अपाचे मोटरसाइकलमा सवार दुई जनालेले रोकेर पैसाको झोला मागेका थिए ।
पैसाको झोला दिन नमानेपछि लुटेरा समूहले हवाई फायर गरेर नगद बोकेको झोला लिएर महोत्तरीतर्फ फरार भएका छन् ।सर्लाही प्रहरीले लुटपाटमा संलग्नको खोजी तीव्र पारिएको जनाएको छ । हरिपुर्वा आसपासका क्षेत्रमा मोटरसाइकल रोकेर कडाईका साथ चेक गरेर संलग्नहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियारले जानकारी दिए ।उनले सहकारीको रकम लुटपाटको बारेमा सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको बताए ।यस्ता घटना सर्लाहिमा कुनै नौंलो नभएको स्थानियहरुले भनिरहेका छन ।यसलाई रोक्न स्थानियहरुले प्रहरीसंग माग गरेका छन ।