२५ जना स्टारको भिड लागेको एउटा फिल्म

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० मंसिर २९, शुक्रबार (२ साल अघि)
  • ६ पटक पढिएको
२५ जना स्टारको भिड लागेको एउटा फिल्म

बलिउडका खेलाडी अक्षय कुमारको फिल्म वेलकम–३ आगामी वर्ष डिसेम्बर २० मा रिलिजका लागि तयारी हुँदैछ । यति बेला फिल्मको सुटिङ जोडतोडका साथ भइरहेछ । गतकोसेप्टेम्बरमा मात्रै अक्षयले यो फिल्मको घोषणा गरेका थिए । यो फिल्ममा एक जना दुई जना होइन २५ जना स्टारको भिड छ । अक्षयले फिल्मको सुटिङको भिडियो शेयर गरेका थिए । भिडियोमा फिल्मका स्टारकास्टहरु एउटा सिनको शूट गरिरहेका देखिन्थे ।फिल्ममा अक्षय कुमार समेत २५ स्टारहरुको कमेडी हेर्न पाइनेछ । फिल्मले कमेडीको दुनियाँमा तहल्का मच्चाउने अनुमान गरिएको छ ।

फिल्ममा अक्षय कुमारको साथमा सञ्जय दत्त, सुनील शेट्टी, अरशद वारसी, परेश रावल, जोनी लिभर, राजपाल यादव, तुषार कपुर, श्रेयस तलपडे, कृष्णा अभिषेक, किकू शारदा, दिलेर मेहंदी पनि छन् । फिल्मका अन्य स्टार्समा मिका सिंह, राहुल देव, मुकेश तिवारी, शारिब हाशमी, जाकिर हुसैन, यशपाल शर्मा, दिशा पटानी, जैकलिन फर्नाडिंस, रविना टन्डन आदि पनि छन् ।सुपरहिट फिल्म वेलकमको सिक्वेलयो फिल्म सन् २००७ मा आएको कमेडी फिल्म वेलकमको तेस्रो हिस्सा हो ।

वेलकममा अक्षय कुमार, अनिल कपुर, नाना पाटेकर र कट्रिना कैफ शीर्ष भूमिकामा देखिएका थिए । अनीस बज्मीको निर्देशकमा ४८ करोडको बजेटमा तयार पारिएको यो फिल्मले १ अर्ब १९ करोड रुपैयाँकमाएको थियो । यो फिल्मको भव्य सफलतापछि सन् २०१५ मा दोस्रो पार्ट वेलकम–२ आयो । यो फिल्म पनि बक्स अफिसमा हिट रह्यो ।
अक्षय कुमारको करियर बचाउला ?
विगत केही वर्षयता अक्षय कुमारले एउटै हिट फिल्म दिन सकेका छैनन् । उनको मिशन रानीगञ्ज पनि बक्स अफिसमा नराम्ररी फ्लप भयो ।लगातार ७ ओटा फ्लप फिल्मपछि यति बेला अक्षय करियरको डुङ्गा कमेडी फिल्मको साथमा पार लगाउन खोजिरहेका छन् वेलकमले उनको चाहना पूरा गर्ला कि नगर्ला त्यो भने हेर्न बाँकी नै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस