रमेश कुमार यादब
रौतहटको मौलापुर नगरपालिकाको छुट्टाछुट्टै दुईवटा वडामा भएको आगलागीबाट चार वटा गोठ जलेर नष्ट भएको छ भने गोठमा रहेको ५ चौपायाको जलेर मृत्यु भएको छ। आगलागी बाट १४ लाख बढीको क्षति भएको बताइएको छ। मौलापुर ६ पथरा बुधराम स्थित त्रिभुवन रामको गोठमा गए राति साढे १० बजे अचानक भएको आगलागी बाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको हो।
गोठमा रहेको भैँसी र बाख्रा गरी ५ चौपायाको जलेर मृत्यु भएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले जानकारी दिए । गाउँले र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिएकोथियो। त्यसैगरी मौलापुर ३ गम्हरियामा गए राति ११ बजे भएको आगलागीबाट तीनवटा गोठ जलेर नष्ट भएको छ। मौलापुर नगर प्रमुख रिना कुमारी साहले आगलागीको कारण पता लगाउन र पीडित परिवारलाई तत्काल सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी छिन् ।
त्यति मात्र नभएर यस्ता घटना रौतहटकोे अधिकाश ठाउँहरुमा भईरहेको देखिन्छ । यस्ता घटना न्युनिकरण गर्न प्रहरी प्रशासनहरुले बिभिन्न कार्यक्रम गरि आगलगीबाट बच्न बिभिन्न उपायहरु बताई रहेपनि मानिसहरुले उक्त कार्यको अनुसरण नगरि आफ्नो मनोमानि गरिरहेको कारण यस्तो अवस्था आईरहेको जानकारहरुले भनिरहेको छ ।
सुखा मौसम लगायत जाडो याममा पनि मानिसहरु सावधानी नअपनाए पछि यस्ता घटनाको सिकार हुन पुगीरहेको छ । जाडो मौसममा गोठलाई तातो पार्न घुरको प्रयोग गरिन्छ तर उक्त घुरको आगी सल्केर गोठमा आगलगी हुने गरेको बिज्ञहरुले भनिरहेका छन ।