वर्तमानकाल सम्वाददाता
सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच बुधबार भएको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएपछि उनका आफन्त र नगरवासीहरुहरुले शुक्रबार पनि प्रदर्शन गरेका छन् ।घटनाको छानबिनसहित गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मुख्यमन्त्री र मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी उनीहरुले प्रदर्शन जारी राखेका छन् ।
प्रहरीको गोली लागी सिम्रौनगढ–१ ननसगराढाट गाउँका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको थियो । उनको शव नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । मृत्यु भएको ३ दिन भइसक्दा पनि शव परीक्षण भएको छैन । आफन्तले शव बुझेका छैनन् ।गोली लागेर ढलेपछि प्रहरीले उनलाई तत्कालै त्रिपालले छोपेको थियो । पछि एम्बुलेन्समा हालेर सशस्त्र प्रहरीको सुरक्षामा वीरगन्ज लगेको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको नारायणी अस्पताल वीरगन्जका मेसु चित्ररञ्जन साहले बताए ।
‘टाउको पछाडिको भागबाट गोली लागेर टाउकोमा चिरा परेर भित्री भाग बाहिर आएको छ, मृत्यु भने गोली लाग्ने बित्तिकै भएको हो,’ मेसु साहले भने, ‘गोली रबरको हो कि बुलेट हो भन्ने कुरा पोस्टमार्टमबाट खुल्छ ।’झडपको क्रममा प्रहरीतर्फ १२ जना घाइते थिए । ढुंगामुढाबाट उनीहरुलाई चोट लागेको हो । स्थिति नियन्त्रण बाहिर गएपछि तनाव नियन्त्रणमा लिन प्रहरीले ४५ सेल अश्रुग्यास, २२ राउन्ड हवाइ फायर र केही राउन्ड रबरको गोली चलाएको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका बिनको मृत्यु भएको सुरक्षा अधिकारीले दाबी गर्दै आएका छन् ।नगरसभासँगै प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने विषय लिएर त्यहाँ मेयर पक्षधर र उपमेयरसहित केही वडाध्यक्षहरुबीच लामो समयदेखि विवाद छ । यो विवादमा गृहनगर सिम्रौनगढकै मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले चासो राख्दै दुई दिनदेखि कलैयामा बसेका छन् ।
उनी बुधबार जिल्ला सुरक्षा समितिको जिल्ला प्रशासनमा जारी बैठकमै जबर्जस्ती प्रवेश गरी प्रमुख जिल्ला अधिकारीलाई थर्काएका थिए । प्रमुख प्रशासकीय अधिकृतलाई किन हाजिर हुन नदिन भनेको भन्दै प्रजिअलाई थर्काएका थिए ।बुधबार नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले कार्यालय भित्र बस्न अवरोध पुर्याएका थिए ।
दुई महिनादेखि आन्दोलित कर्मचारी, शिक्षकहरुले नगरपालिका कार्यालयको मुख्यद्वारमा धर्ना बस्दै आएका हुन् ।मेयर साहले पचरौता नगरपालिकाबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई कार्यालयमा आएर हाजिर गर्न आफू चढ्ने गाडी पठाएका थिए ।आफूलाई मेयर, उपमेयरकी पति, वडाध्यक्ष अवधेश सहनीलगायतले कार्यालयमा बोलाएपछि हाजिर हुन गएको प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रले बताए ।
उता प्रमुख जिल्ला अधिकारी सापकोटाले भने प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिबीचको विवाद सल्टेको छैन । चार दिन हाजिर हुन नजानु , सामान्य स्थिति भएपछि जानु होला भनेर आफूले निर्देशन दिँदादिँदै नमानेपछि स्थति असहज र मानवीय क्षति हुन गएको बताए ।मेयरले पठाएको गाडी चढेर नगरपालिका आएका प्रमुख प्रशासकीय अधिकृत मिश्र कार्यालयमा पसेपछि गाडी फिर्ता जाने बेला आन्दोलित पक्षधरले मेयरको गाडीमा तोफोड गर्दै साँचो कब्जामा लिने प्रयास गरेका थिए । त्यतिकैमा तनाव सिर्जना भएको थिया