रमेश कुमार यादब
रौतहट जिल्लामा स्थानीय तहको अपवित्र साँठगाँठमा अबैध क्रशर उद्योग संचालन भईरहेतापनि नियमनकारी निकाय मौन रहेका छन् । जिल्लामा दर्जनौं अबैध क्रसर उधोग आफ्नो पावर र नेता, मन्त्री लगायत माथिल्लो पहुचको आडमा अबैध क्रसर तथा बालुवा प्रशोधन उधोग धमाधम चलाईरहेको छ । यस्ता अबैध क्रसर उधोगहरु अनुगमन गरि कार्यावाहि गर्नुको सट्टा खुल्याम चलाउन दिईरहेको छ ।
सरकारको अरबौं कर छलेर चलाईरहँदा पनि जिल्ला समन्यवन समितिको सभापति देखि लिएर जिल्ला प्रमुख अधिकारी लगायत प्रहरी प्रशासन कानमा तेल हालेर मस्त निद्रामा सुतेको पाईएको छ । जिल्लाको लाल बकैया, वागमती, चाँदी, धनसर सहितका नदीहरुमा मेशिनको प्रयोग गरेर खोलाजन्य बस्तुहरु निकाली अबैध रुपमा संचालित क्रशर उद्योगमा ल्याएर विक्री वितरण गरिरहदा पनि सम्बध निकाय मौन बसेका छन ।
जिल्लाको बृन्दावन नगरपालिकाको, गढिमाई नगरपालिका, चन्द्रपुर, फतुवा विजयपुर, माधवनारायण र दुर्गा भगवतीमा अबैध क्रशर उद्योग अहिले निर्वाध रुपमा संचालनामा रहेको पाइएका छन् । उक्त अबैध क्रशर उद्योगहरु स्थानीय तह संगको अपवित्र साँठगाँठमा संचालन भईरहेको स्थानीयले बताएका छन् । अबैध क्रशर उद्योगलाई नियमनकारी निकाय जिल्ला समन्वय समिति सहित स्थानीय प्रहरी प्रशासनबाट नियमित रुपमा अनुगमन गरेर कारवाहीको दायरामा ल्यानुपर्ने तर ति निकायहरु मौन बस्नाले अबैध कार्य अहिले जिल्लाभरी फस्टाउँदै गएको आरोप स्थानीयहरुले लगाए ।
खोलामा मेशिनको प्रयोग गर्दा वातावरणीय हिसावले खोलाको धार परिवर्तन भई बस्तीमा खोला आएर बर्षा याममा ठूलो जनधनको क्षति हुने भएपनि नियन्त्रण गर्ने निकाय किन मौन बसेको होला भन्ने बृन्दावन नगरपालिकाको स्थानिय रामसरण राय यादबले दुखेसो पोखेका छन । यस प्रति ध्यान नजानुको कारण मिलोमतोमा वा महिनवारी पैसा लिईरहेको बुझन सकिन्छ यादबको भनाई रहेको हो ।
जिल्लामा अधिकाशं क्रसर बिना कागजपत्र तथा केहि उधोगहरुको कागज पत्र रहेपनि नविकरण फेल समेत रहेको हुँदा पनि कुनै कार्यावाहि नहुँदा धेरै नै बिडम्बना रहेको छ । यस्ता अबैध क्रसर उधोग कहिले नियमन हुने भन्दै जिल्ला समन्यवन समितिको सभापति तथा जिल्ला प्रशासन प्रमुखसंग प्रश्न समेत गरेका छन ।