वर्तमानकाल सम्वाददाता
रौतहट जिल्लाको एक बिधालयको ठुलो बिडम्बना रहेको पाईउको छ ।शिक्षिका श्रीमतिको सट्टो श्रीमानले बिधालयमा पढाउदैं गरेको पाईएको छ ।जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर ९ लवतनामा रहेको एक प्राथमिक विद्यालयको अवस्था नाजुक रहेको पाइएको छ ।नियुक्ति पाएकी एक शिक्षिका को सट्टामा उनका श्रीमानले पढाउदै आएको पाईएको छ ।महेन्द्र राय यादव प्राथमिक विद्यालयमा कार्यरत रहेकी बाल बिकाश कोटाकी शिक्षिका कबिता देवी यादवको सट्टामा उनका श्रीमानले शिशु र कक्षा १ मा अध्ययन गराउँदै आएको पाइएको छ।विद्यालयका प्राध्यानध्यापक प्रेम यादव कामबिषेशले विद्यालय बाहिर थिए भने कक्षा कोठामा कविताका श्रीमान पढाइरहेका थिए ।
ईशनाथ नगरपालिकाको मेयर कौशल्या देवी सिन्हा लगाएत जनप्ररतिनिधीह को बेवास्थाका कारण नपामा शिक्षाको अवस्था बिग्रेको स्थानीयहरुको गुनासो रहेको छ ।डेक्स बेन्च नहुदा बालबालिका चिसो भुईमा बस्न बाध्य छन । छाना नभएको भवनको कक्षा कोठाको भूईमा बसेर बाल बालिका पढ्ने गरेका छन ।
खानेपानी र शौचालयको अभावले बालबालिका र शिक्षक शिक्षिका लाई दिनहु समस्या हुने गरेको शिक्षक राजेश कुमार यादवले बताए ।६ महिना अघि हावाहुरीले उडाएको छाना मर्मत गराईदिन पटक–पटक आग्रह गर्दा नगर प्रमुखले कुनै चासो नदेखाएको गुनासो शिक्षकहरुले गरेका छन ।छाना नहुदा बालबालिका चिसोभुइमा खुल्ला आकाश मुनि पढ्दै आएका छन ।
नगरपालिकाले २०७९ साल फागुन महिना देखि नै दिवा खाजाको रकम नदिएकोले बालबालिकालाई खाजा खुवाउन समस्या भइरहेको कार्यालय सहयोगी राम प्रवेश यादवको भनाई छ ।उधारो मा ल्याएर खाजा खुवाउदै आएको दुखेसो पोख्दै पसलेले दिनहुँ पैसा मागेको गुनासो उनको छ ।कक्षा ५ सम्म पढाइहुने सो विद्यालयमा शिक्षक शिक्षिका गरी ५ जना कार्यरत रहेका छन् ।४ र ५ एउटा कोठामा र अरु सवै कक्षा का बिधार्थी एउटै कोठामा पढ्ने गरेका छन ।
झ्याल ढोका, कम्पाउण्ड वाल नभएका कारण विद्यालयमा भएको शैक्षिक सामग्री चोरी हुने गरेको शिक्षक यादवले वताए ।जिल्ला शिक्षा विकास समन्वय इकाई रौतहटका प्रमुख राम विनय सिंहले सट्टामा अर्कैले पढाउन नपाउने बताए ।नगरपालिकाले बिधालयहरुको अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।कक्षा ५ सम्म पढाइ हुने श्री महेन्द्र राय यादव प्राथमिक विधालयमा दैनिक ५०/ ६० जना सम्म बालबालिकाहरू पढ्न आउने गरेका छन ।सो बिद्यालयको रेकर्डमा एक सय २५ जना विद्यार्थी रहेका छन् ।