पवन कुमार उपाध्याय
रौतहट प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय रौतहटले घरेलु मदिरा आइतबार नष्ट गरेको हो ।प्रहरीको गस्ती टोलीले गौर नगरपालिकाको विभिन्न स्थानबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको २ सय लिटर अवैध घरेलु तयारी मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी दिए ।
उनका अनुसार विभिन्न स्थान बाट बरामद गरेको २ सय लिटर मदिरा स्थानीय भद्रभलादमी, सञ्चारकर्मी तथा प्रहरी कर्मचारीहरूको रोहवरमा प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रांगणमा सो अवैध घरेलु मदिरा नष्ट गरिएको उनले बताए ।अवैध मदिरा बिक्री वितरणका कारण अपराधिक घट्नामा वृद्धि भएको, घरायसी झैझगडाका घटना बढेको, महिला हिंसालगायत घटनामा वृद्धि भएको गुनासो आएपछि मदिरा नष्ट अभियान सञ्चालन गरेको प्रहरी नायव निरीक्षक केसीले बताए ।
यस्ता अबैध मदिरा भट्टी नष्ट गरेपनि सुधारमा आउन सकेको छैन । यस्ता अबैध खरेलु मदिरा पानले अधिकाशं मानिसहरुको मृत्यु समेत भएको छ ।अधिकाशं यस्ता कार्य गाउँघर तिर हुने गरेको छ । स्थानिय प्रहरी प्रशासनले पनि यस कार्यलाई नष्ट गर्ने अभियान चलाएपनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन ।यस्ता कार्यलाई रोक्न अतिआवश्यक रहेको स्थानिय जानकारहरको भनाई रहेको छ ।