प्रहरी सहायक हवल्दारले गरे आत्महत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष २, सोमबार (२ साल अघि)
  • ४ पटक पढिएको
प्रहरी सहायक हवल्दारले गरे आत्महत्या

रौतहट,०२ पुस। पर्सा घर भई हाल रसुवामा कार्यरत एक जना प्रहरी सहायक हवल्दारले आज आफनै घरमा पासो लगाएर हत्या गरेका छन् ।

वीरगंज–२१ ताजपुर बस्ने वर्ष ३२ का सहायक हवल्दार सुरेन्द्र रायभरले निज निवासकै आफनै कोठामा बासको बलोमा पासो लगाएर आत्महत्या गरेको अवस्थमा मृत फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाका अनुसार रसुवा कारागारमा सुरक्षा गार्डको पदमा दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत रही चार दिनको विदामा घर आएको बेला यो घटना भएको हो ।

आईतवार विहान ११ः५० बजेको समयमा आत्महत्या गरेको प्रहरीलाई जानकारी आएको थियो । आत्महत्याको कारण खुल्न बाँकी रहेको र शव पोस्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस