रमेश कुमार यादब
लामो समयदेखि बन्द रहेको बर्थिङ्ग सेन्टर सन्चालनमा आएको छ । रौतहट जिल्लाको वृन्दावन नगरपालिका( ३ बिश्रामपुर स्थित रहेको स्वास्थ्य चौकीमा बर्थीङ सेन्टर सञ्चालनमा आएको हो ।। सोमबार एक कार्यक्रमका बिच नगरप्रमुख विनोद प्रसाद कुर्मीले अति आवश्यक लगायत स्वास्थ्य सामग्रीहरु बृन्दावन ३ का स्वास्थ्य चौकीका इन्चार्ज राजेन्द्र प्रसाद यादवलाई हस्तान्तरण गर्नु भएका थिए ।। उक्त स्वास्थ्य चौकीमा पहिला बर्थिङ्ग सेन्टर संन्चालनमा रहेको थियो तर केहि कारण बंश धेरै लामो समयदेखि बन्द नै रहेको थियो ।
यसले गर्दा उक्त पालिकाका गर्भवति महिलाहरु प्रसुति गराउन निकै नै समस्या भईरहेको थियो । सोहि समस्याको मध्यनजर गर्दै नगर प्रमुख कुर्मिले आफ्नो नगरको जनताको कुनै प्रकारको समस्या नहोस भनि उदेश्यले बन्द भएको करिब दुई बर्षपछि सोमबारदेखि संन्चालनमा ल्याएका छन ।। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कुर्मीले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए । जनताको सेवाको लागि आफू दिनरात लागिपरेको उनले बताए । तर विपक्षी दलका नेताहरुको कारण नगरपालिकामा हाकीम नहुँदा कामकाज ठप्प भएको आरोपसमेत उनले लगाए ।
तर पनि आफू दिनरात जनतालाई सहज रुपमा सेवा प्रदान होस् भन्ने उदेश्यका साथ लागिपरेको उनले बताए । नगरप्रमुख कुर्मीले प्रसुती सेवालाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले आवश्यक औजार, उपकरण र दक्ष जनशक्तिको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए । बिगत लामो समयदेखि सो भेगका गर्भवती महिलाहरुलाई सुत्केरी गराउन बाहिर जानुपर्न बाध्यता रहेको थियो । अब उपरान्त उक्त समस्या सामाधान हुने उनले बताए । अव देखि प्रसुति गराउन गौर, चपुर, बिरगंज जानु पर्ने झन्झट नै समाप्त हुने भएको समेत वहाँले बताउनु भयो ।
त्यस्तै सोहि कार्यक्रमको सम्बोधन गर्दै बृन्दावन नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत रासनारायण पटेलले बर्थीङ सेन्टर सञ्चालनको लागि करिब एक महिना देखि आफु लगायत केटाहरु लगायत अस्पतालका सरसफाई देखि लिएर बिधुतिय समाग्री, खानेपानीको उचित ब्यवस्था गरेर सोमबारदेखि बर्थिङ्ग सेन्टर संन्चालनमा ल्याएको आफु धेरै खुसि रहेको बताउनु भएको थियो । अधिकृत पटेलले भने नगर प्रमुखको चुनावी प्रतिबद्धता पुरा हुदैं गईरहेको प्रष्ट देखिएको थियो ।
शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी जनता माझ पुरयाउने बाचा गरेका थिए सो अनुसार वहाँले बिस्तारै(बिस्तारै पुरा गर्दै गईरहेको समेत वहाँले बताउनृु भयो । बर्थिङ्ग सेन्टरमा गर्भबति महिलाहरुलाई प्रसुति गराउने बाला चाहिने औषधी सहित ८० प्रकारको सामग्री उपलब्ध गराइएको जानकारी दिएका थिए ।
लामो समयदेखि बर्थीङ सेन्टर सञ्चालन हुन सकेको थिएन ।सो बर्थीङ सेन्टरको सञ्चालनका लागि सामग्री हस्तान्तरण कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष हरिनारायण साहले बर्थिङ्ग सेन्टर संन्चालनमा आएपछि यस ठाउँका गर्भवति महिलाहरुको लागी अति खुसिको कुरा रहेको बताउनु भएको थियो ।
साथसाथै यस स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मिहरुलाई समयमा आएर सेवाग्राहिहरुलाई सर्वशुल्भ सेवा दिन निर्देशन समेत दिनु भएको थियो ।उक्त कार्यक्रममा वडाध्यक्ष प्रवेज आलम, कार्यपालिका सदस्य राजेश पासवान ,स्वास्थ्य संयोजक रामनरेश प्रसाद यादब, हरिनरायण पटेल, दिपेन्द्र ठाकुर, स्वास्थ्य चौकीका सम्पुर्ण टिम लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।