रमेश कुमार यादब
रौतहटको बागमति नदिमा दादागिरी शैलीमा स्काभेटर प्रयोग गरेर बागमति नदिको दोहन गर्दै पाईएको हो । जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं.१ रमौलीघाट अन्तर्गत बागमति किनारमा रहेको बिभिन्न अबैध क्रसर उधोगहरु संन्चालनमा रहेको छ । उक्त अबैध क्रसर उधोगहरु मापदण्ड बिपरित नदिको किनारमा संन्चालनमा रहेको हो । सोहि ठाउँमा अबैध रुपमा संन्चालनमा रहेका संकटमोचन क्रसर उधोगले दादागिरी शैलीमा तथा नेताहरुको छत्रछाँयामा आफ्नो मनोमानी गरि बागमति नदिमा दिनहुँ चार देखि पाँच वटा स्काभेटर तथा दर्जनौं टिपर लगाएर नदिबाट बालुवा गिटी निकालिरहेको छ ।
मापदण्ड बिपरित नदिको किनार संन्चालनमा रहेपनि दादागिरी शैलीमा नगरपालिकाको बिना अनुमतिको नदिबाट बालुवा, गिट्टी झिकेर पहाड जस्तो चाङ्ग नै लगाएको प्रष्ट रुपमा देखिरहेको छ । राष्टिूय गौरवको योजननको रुपमा रहेपनि अबैध क्रसर उधोगका संचालकले मनोमानी रुपमा खोला उत्खनन गरिरहेको स्रोतबाट बुझिएको हो । यता नगरपालिकाबाट बुझदा आफुहरु कुनै पनि अनुमति नदिएको बताएका छन । हामिले कुनै पनि तथा कसैलाई नदिबाट बालुवा, गिट्टी तथा ढुङ्गा झिक्न कुनै अनुमति दिएको छैन पालिकाले बर्तमानकाल दैनिक पत्रिकाका स(सम्पादकलाई बताएका छन ।
उनीह आफ्नो नगरपालिकालाई टेकेर तथा आफ्नो दादागिरी रुपमा स्काभेटर प्रयोग गरेर बागमति नदिको दोहन गरिरहेको बताएका छन । अहिले रमौलीघाट स्थित रहेको अबैध क्रसर उधोगहरु वागमती नदिमा दिन्हँु ५ वटा स्काभेटरे प्रयोग गरेर धमाधम खोलाजन्य बस्तुहरु निकालेर दोहन कार्य तिव्र रुपमा भइरहेको स्थानीयहरु बताएका छन् । नदिबाट नदिजन्य पदार्थ निकाल्नु अघि सम्बन्धि पालिकाबाट अनुमति लिनु पर्ने प्रावाधान रहेको छ ।
तथा कुनै पनि पालिकाले टेण्डर अह्वान गरेर ठेक्का लगाएर नदिजन्य बस्तु निकाल्ने प्रवधान समेत रहेको छ । तर, यता बृन्दावन नगरपालिकाबाट कुनै पनि अनुमति नलिई सोहि ठाउँको शिवम् बालृुवा प्रशोधन अबैध क्रसर उधोगले आफ्नो मानेमानी रुपले हचुवाको भरमा स्काभेटर प्रयोग गरेर बालुवा, गिट्टी निकालिरहेको स्थानियहरुको भनाईरहेको छ । त्यति मात्र नभएर शिवम् बालुवा प्रशोधन केन्द्रले बाहिरी जिल्लाबा सर्लाहिका स्काभेटर समेत बोलएर निकाल्न लगाएको स्थानियहरुले आरोप समेत लगाएका छन ।
शिवम् क्रसर उधोगले सर्लाहिको ठिकदारहरुलाई बोलाएर रौतहटको सिमा लगाएर निकाल्न लगाएको हो । यता बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मिसंग सोध्दा पािलकाबाट कुनै व्यक्तिलाई उत्खननको अनुमति नदिएको तथा अबैध क्रसर उधोगहरुले गरिरहेको उत्खनन अवैध रहेको बताए । अनुमति नदिएको तर उनीहरुले बागमति नदिमा उत्खनन गर्नु नियम विपरीत भएको बताउँदै बागमति नदिमा जथाभावी उत्खनन गर्दा ठूलो समस्या निम्तिने चेतावनी पनि दिएका छन् ।
तर बुधबार बिभिन्न मिडियाहरुमा समाचार प्रशारण हुँदा बागमति नदिमा भइरहेको उत्खनन नियमानुसार भए नभएको हेर्न रौतहट प्रहरीले बताएका छन । उत्खनन नियमानुसार नभए रोक्न भनेको स्पष्ट पारेका छन् । रौतहटमा वन क्षेत्रको दोहन तथा गिटी र बालुवाको अत्यधिक उत्खननले रौतहटको जमिनमा पानीको सतह तल तल सर्दै गएको पाइएको छ।