वडा अध्यक्ष यादवद्वारा बर्थिङ सेन्टरलाई दुईलाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष ६, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
वडा अध्यक्ष यादवद्वारा बर्थिङ सेन्टरलाई दुईलाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

बमलेश कुमार झा
रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ४ इनरबारी स्थित बर्थिङ सेन्टरलाई दुई लाख भन्दा बढीको स्वास्थ्य सामग्री वितरण गरिएको छ।सोही नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष तुरन्तनरायण यादवको अथक प्रयासले वान हर्ट तथा माणडवी संस्थाले संयुक्तरुपमा इनरबारी स्थित बर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

सो बर्थिङ सेन्टरलाई २ लाख ६२ हजार ६२ रुपैया बराबरको पैंतालीस किसिमका स्वास्थ्य सामग्री वितरण गरिएको वडा अध्यक्ष यादवले जानकारी गराएका हुन्।बर्थिङ सेन्टरलाई नियमित रूपमा संचालन गर्न तथा सेवालाई थप प्रभावकारी बनाउन सो सामग्री वितरण गरेको र वडाका समग्र विकासका लागि सबैको सकारात्मक सहयोगको आवश्यकता रहेको वडा अध्यक्ष यादवले बताए ।

वडा अध्यक्ष यादवले स्वास्थ्य सामग्री उपलब्ध गराउने संस्था प्रति आभार प्रकट गर्नुभयो । अगामि दिन पनि यो संस्थाबाट सहयोगको अपेक्षा समेत गरेका बताउनु भयो । यसले समाजमा राम्रो सन्देश पुरयाएको बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस