वर्तमाकाल सम्वाददाता
कृष्ण तिवारी
जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष एवम पुर्व खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले ढलान सडकको शिलान्यास गरेका छन।रौतहटको देवाही गोनाही नगरपालिका –९ धरहरीमा सडक ढलानको शिलान्यास गरेका हुन । शुक्रबार एक कार्यक्रमको बिच वडा नं.९ धरहरीमा जनमत पार्टीका उपाध्यक्ष एवं पुर्वमन्त्री खान र नगर प्रमुख साहले संयुक्त रुपमा शिलान्यास गरेको हो ।
राष्ट्रिय आयोजना आयोगको कुल ८० लाख र देवाही गोनाही नगरपालिकाको ३७ लाख गरि जम्मा १ करोड १७ लाखको लागतमा ८ सय मिटर निर्माण हुने उक्त सडकको निर्माण कार्य यसै आर्थिक वर्षमा संम्पन हुने नगर प्रमुख साहले बताए ।धरहरीमा पकी सडक नहुँदा यहाँका स्थानीयहरूलाई हिलोमा जानुपर्ने बाध्यता रहेको थियो तर सडक ढलान भएपछि उक्त समस्या समाधान हुने नगर प्रमुख साहले बिश्वास ब्यक्त गर्नु भयो ।
धरहरीमा मुख्य सडक शिलान्यास भएपछि वडावासी लगायत सो बाटो भएर आवतजावत गर्ने यात्रीहरुलाई पनि सजिलो हुने नगर प्रमुख साहले जानकारी दिनु भएको थियो । नगर प्रमुख साहले जनताको हकहितको लागी हामि लागी परेका बताउनु भएको थयो।शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शन्देश कुमार यादव,वडा नं.९ का अध्यक्ष वीर बहादुर साह,६ का बिशुनु दास,२ का अतिकुलसहमान,सुरक्षाकर्मी,संचारकर्मी लगाएत स्थानिय भद्धभलादमी बुद्धीजिवीहरुको बिषेश उपस्थिती रहेको थियोे ।