बिमलेश कुमार झा
रौतहटको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह लगायत १२ जना विरुद्ध जिल्ला प्रशासन रौतहटमा उजुरी परेको छ।मौलापुर नगरपालिका वडा नम्बर ३ निवासी हरेन्द्र यादवले उनीहरु बिरुद्ध उजुरी दिएका छन्। सरुो नगरपालिकाको वडा नम्बर ३ गम्हरिया स्थित मावि गम्हरियामा निर्माण भइरहेको भवनमा गुणस्तरहीन सामग्री प्रयोग तथा कमसल काम गरिरहेको भन्दै उनीहरु बिरुद्ध उजुरी दिएका छन्।कमसल काम गरेको तथा काम भन्दा बढी रकमको विल भरपाई गरेको भन्दै मौलापुर नगरपालिकाको नगर कार्यालयको प्रविधिक दिपेन्द्र दास, वडा नम्बर ३ बस्ने उपभोक्ता अध्यक्ष छविलाल साह कानु, उक्त भवन निर्माण उपभोक्ता समितिको अध्यक्ष छविलाल साहको भाई कामेश्वर साह कानु, उपभोक्ता समिति को कोषाध्यक्ष देवनाथ बैठा,उपभोक्ता समितिको अध्यक्षको नातेदार ठेक्दार मिस्त्री विन्दा साह कानू, निज विन्दा साहको छोरा अजय साह, सो वडाको वडा अध्यक्ष दोस्रो भवन निर्माणको जिम्मा लिएका महेश महतो कोइरी,निज वडा अध्यक्षको भाई दिनेश महतो कोइरी,ऐ बस्ने ओमप्रकाश महतो कुशवाहा, राजनारायण राय यादव,विन्दालाल राय यादवमाथि उजुरी परेको छ।
यसै जिल्ला रौतहट पतौरा गा. वि. स. वार्ड नं ८ हाल कायम मौलापुर न.पा. वार्ड नं.३ गम्हरिया टोलमा स्थित धेरै पुरानो विगत २०१७ सालमा मेरो बाबु जादोलाल राय यादवले नै विधालय खोली सरकारी स्वीकृती पाई साविक मा प्रा वि बाट निमा वी संचालन हुदै हाल केही वर्ष देखि माध्यमिक विधालय गम्हरिया को नामले संचालन समेत भई आएको सो विधालय भवन पुरानो भई हाल नयाँ जग्गा खरिद गरि ८८ कोठाको २ थान विधालय भवन निर्माण गर्ने गरी नेपाल सरकारबाट बजेट निकाशा भई १ करोड ३९ लाखमा १ विल्डीङ ८ कोठाको वनाउने र अर्को स्कूल विल्डीङ पनि त्यतिकै लागतमा दोश्रो विल्डीङ वनाउने तय भई निज विपक्षीहरुले भवन बनाउन जिम्मेवारी लिई निज विपक्षीहरु दुवै भवनको उपभोक्ता समितिमा आफनै आफनै परिवारका दाजु भाई वसि हाकीमहरु आपसमा मिली सो भवनमा योजना अनुसारको सामानहरु प्रयोग नगरि गलत २ न डुब्लीकेट पातलो छड र गुणस्तर सिमेन्ट पनि नहाली सिमेन्टको मात्रा नै न्युन गरि ढलान गरेका पिलर दिवाल बाट आफै हातले छाम्दा ढलान फुटने झर्ने गरेको हालको ताजा पिलर नै ज्यादै कमजोर जोडेको निर्माण ज्यादै खराव ढंगले भई रहेको र रकम निकाल्दै विपक्षीहरुले भाग बण्डा गरि खाई आएका हुँदा सो भवनको निर्माण कार्य तत्काल रोक्का गरि निर्माणको पिलर दिवालको गुणस्तर उच्च स्तरिय प्राविधिक टोली झिकाई जांच परिक्षण गराई तवमाष निर्माण गराई गलत निर्माण गरि रकम लुटी खाने विपक्षीहरुलाई भ्रष्टाचार तर्फ समुचित कार्वाही गरी खाएका रकम फिर्ता गराई पाउँ । हाल सम्म रु.१९,००,०००÷– अक्षरेपी उनईस लाख रुपैया रकम निकालेका र काम ११ लाखको गरेको भन्ने हुँदा जाली विल भाई समेत पेश गरेको छ। सो निर्माण कार्य लाई तत्कालनरोके ज्यादै खतरा हुने हुँदा निर्माण कार्य रोक्की छानविन गरि कार्वाही गरि पाउँ उजुरी पत्रमा उल्लेख छ।