रौतहट,१० पुस।
गढीमाई नगरपालिका वडा नम्वर ६ पकहा बखरी क्षेत्रमा बागमती को नदि उकास वगरमा रहेको खेतीयोग्य जग्गामा सिचाइ गर्न बिजुली पुर्याइएको छ ।
नेपाली काँग्रेसका मधेश प्रदेश सभापति एवं मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले गढीमाई नगरपालिका क्षेत्र भित्र रहेको वागमतीको वगरमा खेतियोग्य जग्गामा जडान भएको विद्युतको एक समारोहका विच उदघाटन गरेका छन । सिचाई नहुदा बगरमा खेतीपाती गर्न निकै कठिनाइलाइ मध्यनजर राख्दै काँग्रेस मधेशप्रदेश सभापति एवं भौतिक पूर्वाधार विकास मन्त्री यादवको पहलमा विजुली वत्ति जडान गरिएपछि हो ।
विजुली वत्ति संचालनमा ल्याइदिएपछि वडा नम्वर ६ का बासिन्दाहरु हर्षित भएका छन् । विजुली वत्तिको उदघाटन गर्दै मधेशप्रदेश सभापति तथा भौतिक पूर्वाधार विकासमन्त्री यादवले किसानहरुको समस्यालाई समाधान गर्न आफू हरदम सकृय गरेको बताएका छन ।
मधेश प्रदेश सरकारबाट मधेशको आठ वटै जिल्लामा विकास निर्माणका कार्यहरु द्रुत गतिमा अगाडी बढाउने कार्यमा मन्त्री यादव सक्रिय रहेको र जडान भएको विजुली वत्तीबाट एक हजार विगहा जग्गाका किसानहरु लाभान्बित हुने बताइएको छ ।वागमती नदी वारी र पारी आफनो मन्त्रालय तथा यसबाहेकका अन्य समस्याहरु सम्बन्धमा आफूलाई जानकारी गराएर धमाधम विकास निर्माण गराउनमा समेत गाउँ समाजका अगुवाहरु अग्रसर भएर लाग्नुपर्ने समेत उनले सुझाव दिए ।
मधेश प्रदेशमै पछाडी परेका रौतहटको हरेक क्षेत्रलाई विकासको गतिलाई अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्री यादव कटिबद्ध रहेको एक जना नेताले बताएका छन