न्यायपरिषद् नियमावली पहिलो संशोधन खारेज हुनुपर्छ ः बार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ ३, बुधबार (२ साल अघि)
  • ३० पटक पढिएको
न्यायपरिषद् नियमावली पहिलो संशोधन खारेज हुनुपर्छ ः बार

वर्तमानकाल सम्वाददाता
माघ ०3 गते ,
नेपाल बार एसोशिएसनले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) खारेज हुनुपर्ने माग गरेको छ। मंगलवार सर्वोच्च अदालत बार एसोशिएसनले गरेको सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा नियमावली खारेज हुनुपर्ने माग उठेको हो । कार्यक्रममा बोल्दै नेपाल बार एसोशिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) खारेज हुनुपर्ने माग गरे।
उनले असोज १ गते जारी भएको न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) असोजमै भएको नेपाल बार एसोशिएसनको साधारण सभा र चितवनको कार्यकारिणी परिषद्ले समेत विरोध गरे पनि न्यायपरिषद्ले अटेर गरी अघि बढाएको आरोप लगाए। उनले यो नियमावली खारेज नभएसम्म आफूहरु यसविरुद्धको अभियानबाट पछि नहट्ने चेतावनी दिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस