८ गते कटहरिया नगरपालिकामा माछा,मासु र मदिरा बिक्री वितरण नगर्न नगर प्रमुख जैसवालको अनुरोध

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ ६, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
८ गते कटहरिया नगरपालिकामा माछा,मासु र मदिरा बिक्री वितरण नगर्न नगर प्रमुख जैसवालको अनुरोध

रौतहट,०६ माघ। भारतको अयोध्यामा नव निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको दिन माघ ८ गते कटहरिया नगरपालिकाले माछा,मासु र मदिराको बिक्री वितरणमा रोक लगाइएको छ ।

कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालको निर्देशनमा यहि माघ ८ गते अर्थात २२ जनवरी सोमबारका दिन राम मन्दिर अयोध्यामा भगवान श्रीरामको प्राण प्रतिष्ठा हुन गइरहेकोले सो दिन कटहरिया नगर भित्र कुनै पनि पशुपंक्षी,जिव जन्तुु आदिको बध मदिरा तथा माछा,मासु बिक्री बितरण नगर्न कटहरिया नगरपालिकाले अनुरोध गरेको छ ।

कटहरिया नगरपालिकाले बिहीवार एक सार्वजनिक सूचना जारी गर्दै अयोध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ८ गते नगरपालिका भित्र कुनै पनि पशु, जीवको बध तथा मदिराको बिक्रि वितरण नगरिदन आग्रह गरिएको नि.प्रमुख प्रशासकिय अधिकृत हरेन्द्र राय यादवले जानकारी गराए ।
यस्तै जिल्लाको अन्य पालिकाहरुले पनि उक्त दिन माछा,मासुु विक्री वितरण नगर्न अनुरोध गरेको छन ।

ताजा अपडेट

खोजी गर्नुहोस