रौशन कुमार चौधरी
माघ १०, रौतहट । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड गरुडा शाखाले ५९ औँ वार्षिकोत्सव मनाएको छ । बुधवारका दिन गरूडा नगरपालिकाको नगरप्रमुख कन्थमुनी प्रसाद जयसवालको प्रमुख अथित्यता तथा पुर्व उधोग मन्त्री अनिल कुमार झाको विशिष्ट अथित्यतामा कार्यक्रमको आयोजना साथ ५९ औँ वार्षिकोत्सव मनाइएको हो ।
पछिल्लो समय बैंकहरुको प्रतिस्पर्धा चलिरहेकोमा कुन बैंकले छिटो छरितो सेवा प्रवाह गर्ने तथा कुन बैंकले के–कस्ता नयाँ नयाँ कार्यक्रमहरु ल्याउने भन्नेमा प्रतिस्पर्धा चलिरहेको बेला,डिजिटल युगमा प्रवेश गरेसँगै कुन बैंकले डिजिटल माध्यमबाट कसरी गुणस्तरीय सेवा प्रवाह गर्ने भन्नेमा प्रतिस्पर्धा भइरहेकोमा राष्ट्रिय वाणिज्य बैंकले आफु डिजिटल माध्यमबाट नयाँ सेवामा दिरहेको बताएको छ । यसलाई निरन्तरता दिने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका गरूडा शाखाको प्रबन्धक अरविन्द झाले बताउनुभयो । ग्राहकलाई नयाँ सेवा सहजिकरण कसरी दिने भन्नेमा राष्ट्रिय वाणिज्य बैंक गम्भिर रहेको बैंकका शाखा प्रबन्धक झाले बताउनुभयो । कम ब्याजमा कर्जा दिने तथा निपेक्षकर्तालाई बढी ब्याज दिएर बैंक ग्राहक पहुँचको पहिलो नम्बरमै रहेको उहाँको भनाई छ ।
देश विदेशमा रहेका नेपालीहरु माझ डिजिटल माध्यमबाट पुग्ने तथा नयाँ सेवामा जाने प्रयासमा रहेको उहाँले बताउनु भयो । राष्ट्रिय बाणिज्य बैकं शाखा कार्यालय गरूडाले हाल ग्राहकको डिपोजिट १ अर्ब २५ करोड तथा लगानी लगाएको कर्जा १अर्ब ६५ करोड र सेवाग्राहीकोअहिले सम्म खाता पैतिस हजार रहेको र प्रत्येक दिन ४०० ग्रहकले बैंकबाट सुबिधा लिरहेको तथा एटिएम र मोबाईल बैकले चैत्र सम्म निशुल्कमा सुविधा दिने शाखा प्रबन्धक झाले बताउनुभयो । सोहि कार्यक्रम मार्फत राष्ट्रिय बाणिज्य बैंकसंग आवद्ध रहेका कृषि कर्जा ग्रहक, ब्यापारी कर्जा तथा ब्यक्तिगत कारोबार गर्ने ब्यक्तिलाई सम्मान पत्र तथा फुलमाला र खादा ओढाएर सम्मान गरिएको थियो ।
५९ औं बार्षिक उत्सवको अवसरमा गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा स्थित रहेको बन्सिराम जैसवाल अनाथालयमा बुधबार नै सहयोग स्वरुप खाध्यान्न समाग्री बितरण गर्नु भएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रबन्धक झाले जानकारी दिनु भएको थियो । उक्त कार्यक्रममा उधोग बाणिज्य संघ गरूडाको अध्यक्ष सतिश साह र राष्ट्रिय बाणिज्य बैंकको कर्जा ईन्चार्ज रविन्द्र पटेल, सहायक शाखा प्रबन्धक पुजा साह लगायत सम्पुण बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।