राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ १४, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

काठमाडौं,१४ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​

सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । प्रवक्ता घिमिरेका अनुसार राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखामा करारमा कार्यरत कम्प्युटर इन्जिनियर भट्टराईले नियमित तरिकाबाट प्राप्त हुने राहदानीको लागि सेवाग्राहीबाट ३४ हजार रुपैयाँ घुस लिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस