रौशन कुमार चौधरी
रौतहट,१४ माघ । कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवाललाई पितृ शोक परेको छ ।
रौतहट क्षेत्र नम्बर ३ का सङ्घीय सांसद प्रत्याशी ओम प्रकाश जयसवाल र बाबा बैजुनाथ केमिकल एण्ड सुगर मिल्सका संचालक बैजु प्रसाद बाबराको बुबा एवंम कटहरिया नगरपालिकाका नगर प्रमुख मेयर अजय प्रकाश जयसवाल र ओमब्रुबरीका CEO अभय प्रसाद बाबराको हजुरबुबा नेपाली श्रमिकको क्षेत्रमा आफ्नो पहिचान र नाम कमाएको रोजगारदाता को रूपमा रहेको कटहरिया नगरपालिका वडा नं- ९ निवासी रामअश्रे साहको ८४ बर्षको उमेरमा उच्च रक्तचापका कारण आईतबार बेलुका ७:१० मिनेटमा निधन भएको पारिवारीक स्रोतले बताएका छन ।
मृतक साह एक कुशल राजनेतिक र चर्चित ब्यवसायीको रुपमा पनि चिरपरिचित रहेका थिए । गरुडा नगरपालिकाको वार्ड नं.-८ स्थित बिर्तामा रहेका बाबा डिस्टीलरीका संस्थापक तथा ब्यवस्थापक समेत रहनु भएका थिए । वहाँले आफ्नो लगन र मिहिनेतले काम गरेर आजको समयमा रौतहट जिल्लाको ठुल्लो चिरपरिचित ब्यापारीकको रुपमा चिनिने गरिन्छ ।
वहाँले सबैको सुझाव र आवधारणले नै कुनै पनि कार्यलाई अगाडी बढाउने स्वाभावका थिए । वहाँले निर्माण गरेका बाबा डिस्टीलरीमा अहिले सयकडौं कामदारहरु काम गरिरहेका छन । वहाँको मृत्युले सिगौं उधोग र गाउँ नै शोकमय् भएका छन । मृत्क साहको पारिवारिक स्रोत अनुसार सोमबार बिहान ८ बजे निजि निवास डुमरियाबाट नै पार्थिकशरिरलाई श्रादाञ्जली दिने कार्यक्रम रहेको जानकारी दिनु भएको हो ।
सो दुख अवसरमा सम्पुर्ण ईच्छुक शुभचिन्तकहरुलाई श्रदाञ्जली कार्यक्रममा सहभागि हुन हार्दिक अनुरोध समेत गरेका छन ।