पाकिस्तानका पूर्वप्रधामन्त्री खानलाई १० वर्षको जेल सजाय

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ १६, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
पाकिस्तानका पूर्वप्रधामन्त्री  खानलाई १० वर्षको जेल सजाय

रौतहट,१६ माघ। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई) नेता शाह महमूद कुरैशीलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको छ। मंगलबार रावलपिंडीको विशेष अदालतका न्यायाधीशले अडियाला जेलमा यस्तो घोषणा गरेका हुन् ।

न्यायाधीश अबुल हसनत जुल्करनैनले इमरान र कुरैशीको उपस्थितिमा यो फैसला सुनाएका हुन्। गत वर्षदेखि अडियाला कारागारमा मुद्दाको सुनुवाइ चलिरहेको थियो। सुनुवाइको क्रममा न्यायाधीश जुल्कारनैनले पीटीआई नेताहरूलाई आफ्ना वकिलहरू अदालतमा उपस्थित नभएको र उनीहरूलाई सरकारी वकिलहरू दिइएको बताए।

अदालतले कुरैशी र इमरानलाई धारा ३४२ अन्तर्गत प्रश्नहरू सोधिएको थियो। तर, कुरैशीले आफ्नो वकिल उपस्थित नभएकाले आफ्नो बयान रेकर्ड गर्न नसकेको बताए। पाकिस्तानमा ८ फेब्रुअरीमा आम चुनाव हुँदैछ। यस्तो अवस्थामा करिब एक साताअघि लिइएको यो निर्णय इमरानको राजनीतिक करियरका लागि खतरनाक साबित हुनसक्छ।

ताजा अपडेट

खोजी गर्नुहोस