रौशन कुमार चौधरी
रौतहट,१६ माघ। रौतहटको कटहरिया नगरपालिका वडा न,-६ फतेपुरमा भूमिहीन तथा सुकुम्बासीलाई अस्थाई निसा पुर्जा उपलब्ध गराएका छन । अब्यवस्थीत भुमिहिन तथा सुकुम्बासी १७३ जनालाई अस्थाई निसा पुर्जा प्रदान गरिएको हो ।
एक कार्यक्रमको आयोजना गरि सोहि वार्डको वडाअध्यक्ष जयराम चौधरीले आफ्नो वार्डको १७३ जना भूमिहीन तथा सुकुम्बासीहरुलाई अस्थाई निसा प्रदान गरिएको बताउनु भयो ।
कटहरिया नगरपालिकाले २०७९ पुस १० खटिएका कर्मचारीहरुले पालिकाभित्र रहेका भूमिहीन तथा सुकुम्बासीहरुलाई फारम भर्न लगाएका थिए । सोहि अनुरुप आफ्नो वार्डका भूमिहीन तथा सुकुम्बासी जग्गा भएका मानिसहरुले आ–आफ्नो जग्गाको फारम भरेका थिए ।
पालिकाको आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सुकुम्बासीको लगत सङ्कलन गर्ने काम सुरु गरेका छन् । वडाअध्यक्ष चौधरीको अनुसार वडा तहबाटै काम सुरु भएको बताइएको छ । कटहरिया नगरपालिका भित्र रहेका भूमिहीनहरुको लगत लिने काम गरेका थिए । पालिकामा धेरै भूमिहीन तथा सुकुम्बासीहरु रहेका छन् ।
वडाअध्यक्ष चौधरीले भूमिहीनलाई अहिले आफ्नो–आफ्नो भोगचलन गरेको जग्गाहरुको जग्गाधनीहरुलाई अस्थाई पुर्जा वितरण गरिएको बताउनु भयो । वहाँले भने प्रमुख राजनीतिक दलसँग समन्वय गरेर नगरस्तरीय र वडास्तरीय सहजीकरण समिति बनाएर पालिकाले काम अघि बढाएको थियो । उक्त समयमा पालिकाले कर्मचारीहरुलाई खटाएर कामलाई अगाडी बढाएका थिए ।
भूमिहीन तथा सुकुम्बासी अब्यवस्थित बसोबास लगत सङ्कलन समितिका संयोजक समेत रहेका चौधरी भने बुधबार बितरण गरेको अस्थाई पुर्जाले अवको केहि महिनाभित्रै भूमिहीनलाई लालपुर्जा दिने गरी काम सुरु हुने बताउनु भयो । उहाँले भने वडाबाट प्रमाणित गराएर नापनक्सा निकाल्ने काम समेत गरिने वडाअध्यक्ष चौधरीले बताउनु भयो सबै पालिकाले पनि अहिले भूमिहीन समस्या समाधानमा प्रक्रिया सुरु गरिसकेको जनाएका छन् ।
कसैलाई कुनै प्रकारको समस्या नहोस भनि हामिले अस्थाई पुर्जा माथि आफ्नो हकदावी गर्न माघ ३ गते ७ दिनको सुचना निकालि दिएको दावी बिरोध गर्न समय दिएर मंगलवार निसा पुर्जा वितरण गरिएको वडा सचिव सुनिता मुखियाले बताउनु भयो ।