राजस्व छली गरेको आरोपमा जनकपुरबाट दुईजना सुनचाँदी व्यवसायी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ १७, बुधबार (२ साल अघि)
  • ४ पटक पढिएको
राजस्व छली गरेको आरोपमा जनकपुरबाट दुईजना सुनचाँदी व्यवसायी पक्राउ

जनकपुरधाम,१७ माघ। राजस्व छली गरेको आरोपमा जनकपुरधामबाट दुईजना सुन चाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बलराम ज्वेलर्सका सञ्चालक बलराम शाह र अरुण ज्वेलर्सका सञ्चालक अरुण शाह रहेका छन्  दुवैजनामाथि राजस्व छलीको आरोप लागेको छ।

पक्राउ परेका दुवै सुन चान्दी व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धानको लागि राजस्व कार्यालय पथलैया पठाएको छ।

दुईजना व्यवसायी पक्राउपछि सम्पूर्ण सुनचाँदी व्यवसायीहरूले आ आफ्नो पसल बन्द गरी टायर बालेर प्रदर्शन गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस