एसपी रमेशकुमार बस्नेत एसएसपीमा बढुवा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ १७, बुधबार (२ साल अघि)
  • ५ पटक पढिएको
एसपी रमेशकुमार बस्नेत एसएसपीमा बढुवा

काठमाडौँ ,१७ माघ। नेपाल प्रहरीका उपरिक्षक (एसपी) रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बस्नेतलाई बढुवा गर्ने निर्णय गरेका हुन् ।

माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बस्नेतलाई बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

जनपदतर्फ प्रहरी वरिष्ठ उपरिक्षक मोहन पोखरेल अवकाशमा गएपछि रिक्त दरबन्दीमा बस्नेत बढुवा भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस