पर्सामा बाघले मारे ७ वटा बाख्रा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ १७, बुधबार (२ साल अघि)
  • ५ पटक पढिएको
पर्सामा बाघले मारे ७ वटा बाख्रा

पर्सा,१७ माघ। पर्साको  पर्सागढी नगरपालिकाको वडा नम्बर ९ एकटाङ्गाको पशिच्म खोला बगरमा बख्रा चराउन गएका बेला हिजो दिउँसो स्थानिय ललन यादवको ७ वटा बाख्रा बाघले मारेकाे छ ।

खोला बगरमा बख्रा चराउन गएका बेला हिजो दिउँसो स्थानिय यादवको ७ वटा बाख्रा बाघले मारिदिएको इलाका प्रहरी कर्यालय पटेर्वासुगौलिका प्रहरी निरिक्षक रामराजा केशरीले जानकारी दिनुभएको हो ।

बिगत एक हप्ताभन्दाबढी दिनदेखी सो क्षेत्रमा बाघ लुकि छिपी रहेको स्थानियको भनाइ रहेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस