रौतहट,१८ माघ । नेपाल सुन चांन्दी रत्न आभुषन ब्यवसायी संघ रौतहटको पहिलो सधारण सभा तथा अधिवेशन गरुडामा सम्पन भएको छ । रौतहट जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनी चिन्निने गरुडा स्थित रहेको एन पार्टी पैलेसमा एक कार्यक्रमको आयोजना गरि पहिलो सधारण सभा तथा अधिवेशन सम्पन भएको थियो ।
बुधबार उमेश प्रसाद साहको अध्यक्षतामा आयोजना गरिएको पहिलो साधारण सभा तथा अधिबेशन भब्यताको साथमा सम्पन भएको थियो । सधारण सभा तथा अधिबेशन कार्यक्रमलाई पानसमा बति बालि,राष्टिूय गान सहित ज्ञातअज्ञात शहिदहरुको सम्मान स्वरुप मौनधारण गरि सुरु गर्नु भएको थियो । नेपाल सुन चांन्दी रत्न आभुषन ब्यवसायी संघरौतहटको पहिलो सधारण सभा तथा अधिवेशन कार्यक्रमको प्रमुख अतिथि नेपाल सुन चाँन्दी रत्न आभुषण ब्यवसायी महासंघको अध्यक्षसुरेशमान श्रेष्ठ रहनु भएको थियो भने बिशिष्ट अतिथि नेपाल सुन चांन्दी रत्न आभुषन ब्यवसायी महासंघको उपाअध्यक्ष अमरनाथ गुप्ता ,महासचिव किसन सुनार रहनु भएको थियो ।
कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले भने कि सुनचाँदी भन्ने बितिकैं सबैको मन लोभिन्छ । सुन पहेंलो नरम र बिश्वले मानिएको महङ्गो धातु मध्ये एक भएको हुनाले पनि महंगो हुनु स्वाभाविकै हो । परापुर्व कालदेखि मानव ईतिहास संगै कुनै न कुनै रुपमा गरगहना लगाउने प्रचलन हँुदै आएको तथ्य सर्ववितिदैं छ । जातिय अधारमा भौगोलिक अधारमा सुन चाँदी आ(आफ्नो गच्छे अनुसार लगाउँदै आएको पाईन्छ । सुनचाँदीलाई चोखो बस्तुको रुपमा धार्मिक कार्यमा पनि प्रयोग गर्दै आईरहेको बताउनु भयो ।
त्यति मात्र नभएर अझ मानिसको जिवन मरणसंग पनि यसले महत्व राख्दछ, मृत्युको मुखमा पुग्ने बेला सम्म पनि सुनमा पानि राखेर सुन पानी बनाई खुवाई बैकुण्ठबास हुन्छ भन्ने धार्मिक बिश्वास रही आएको परिप्रेक्षमा धार्मिक महत्व बोकेका गहना पनि त्यतिकै प्रचलनमा चलिआएको पाईन्छ ।
तर हाम्रो देश नेपालमा यस्ता सुनचाँदी ब्यवसायीहरुले नै बिभिन्न किसिमका दुख पिडा भोग्दै आईरहेको प्रति ध्यानआकर्षण भएको बताउनु भयो । सुनचाँदी ब्यवसायी संघ वा महासंघसंग अभद्र ब्यवहार गर्ने सरकार र प्रहरी प्रशासनलाई समेत ध्यानआकर्षण गराएका थिए । साथसाथै राज्यबाट हुने हरेक सुखसुबिधा उपल्बध गराउने महासंघको अध्यक्ष श्रेष्ठले बिश्वास दिलाएका थिए ।
त्यसतै सोहि कार्यक्रमको सम्बोधन गर्दै कार्यक्रमको बिशिष्ठ अतिथि अमरनाथ गुप्ताले भने आजको दिन सबैको लागी अति नै खुसिको क्षण रहेको बताउनु भएको थियो । वहाँले भने हामिहरुको साथसहयोगले राज्य संन्चालन हुने गरेको छ तर हामिले राज्यबाट पाउनु पर्ने सेवासुबिधा कहाँ हो कहाँ उल्टै हामिले राज्यबाट दुख नै पाईरहेका छौ त्यस कारण हामि सबैजनालाई एक हुनु अति आवश्य रहेको समेत बताउनु भएको थियो ।
त्यसतै नेपाल सुन चाँदी रत्न आभुषण व्यवसायी संघ रौतहटको पहिलो साधारण सभा तथा अधिवेशनमा उमेश प्रसाद साह अध्यक्षमा निर्वाचित भएका हुन् । गरुडामा बुधबार सम्पन्न भएको नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघको पहिलो साधारण सभा तथा अधिवेशनमा उमेश प्रसाद साहको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको थियो ।
व्यवसायी संघको प्रथम बरिष्ठउपाध्यक्षमा सन्नी कुमार सर्राफ, द्धितिय उपाध्यक्षमा शिवम कुमार सोनी, महासचिवमा रामवरण कुमार सोनी, सचिव तथा प्रवक्तामा चन्दन सागर, कोषाध्यक्षमा श्रीमति मिना देवी सल्लाहाकारमा कृष्ण कुमार साह, गान्धि साह चयन भएका हुन् । यस्तै सदस्यहरुमा सचिन्द्र साह सोनार, श्रीमति शान्ती देवी, उमेश साह सोनार, शिवशंकर साह, श्रीमति अनिता कुमारी, श्री दिपक कुमार साह निर्वाचित भएका हुन् । यस्तै दुईजना सदस्य भने समितिको बैठकले मनोनित गर्ने जनाईएको छ ।