पवन कुमार उपाध्याय
रौतहट,१८ माघ । मान्छेहरू भन्छन्, प्रेममा गरीब–धनीको भेद हुँदैन । प्रेम सबै कुरासँग निरपेक्ष छ । जहाँ प्रेम छ, त्यहाँ प्रेममात्र हुन्छ । अर्थोक केही हुन्न । मेरो अनुभवले भन्छ, “ठीकै हो, प्रेमले धनी–गरीब नभन्ला । तर परिस्थितिले गरीबहरूलाई धनीसँग उठबस गर्ने मौका नै दिँदैन ।
यो घटना पुस २० गतेको हो । के तपाईलाई यो कुरा थाहा छ, प्रेम कथामा एउटा मात्र सन्तान भएतापनि त्यसको षड्यन्त्र पुर्वक मृत्युसम्मको यात्रा हेर्दा उसको घर परिवारमाथी दु:खको पहाड नै खसेको हुन्छन । धनुषाको सबैला नगरपालिकामा ३ बस्ने बलिराम यादवको छोरा सिकेन्द्र यादव समान्य परिवारमा जन्मेको एकल छोरा थियो जसको दुई छाक खानाको लागि दु:ख गर्नुपर्ने कुरा मृतकको बुवाले बताए ।
प्रेमदेखि मृत्युमा प्रणितको कथा !
अहिले प्रेम भनेको युवायुवतीहरूको लागि समान्य भएको देखिन्छ तर कति मान्छे प्रेम गरेर सफल हुन्छ भने कति प्रेममै असफल हुन्छ । यहाँ दुवै कुरा भन्दा फरक कहानी देखिन्छ । केटाको जन्म सबैला नगरपालिका स्थित एउटा समान्य परिवारमा भएको थियो उमेर पुग्दै जादा एउटा धनी घरको किशोरीसंग प्रेम प्रसंग सुरुवात हुन्छ । केटिको नाम र ठेगान खुलाउन सक्दिन ।
जब दुवैजना गहिरो प्रेममा पर्छ तब केटिको घरबाट धम्की आउँछ तिम्रो छोरालाई समाप्त गरिदिन्छु मृतकको बुवाले बताए ।एउटा मात्र छोरा भएको कारण उसले जसो-त्यसो गरेर एस,ई,ई पास गरेर बिदेशजाने प्रयासमा दोड-धुप सुरु हुन्छ । केटिले केटा बिना नबाचने कुरा जाहिर गर्दा केटालाई बिदेश पठाउने कुराको निष्कर्षमा पुग्छ्न । एकपटक केटीको घरमै दुबै जनालाई केटिपक्षले सामातेको कुरापनि मृतकको आमा संवाद मार्फत प्रकट गरेकि छिन ।
घरमा समातिदा घरको मान्छेले मोबाइल खोसेर केटालाई पठाइदिन्छ । त्यसपछि केटिको परिवारबाट प्रस्ताव आउँछ, दुबैलाई पढन दिनुस् योग्य भएपछि बिहे गरिदिने वाचा समेत गरे । केटालाई पढाउनको निम्ति भारत पठाउछ्न तर केटिको फोर्सले केटा एउटा नयाँ मोबाइलसहित आफ्नै जिल्ला फर्किन्छ । उच्च शिक्षाको लागी केटालाई बिराटनगरसमेत पठाउछ्न तर केहिदिनमै केटिको लागि जनकपुर फर्केर आउछ्न ।
रुपको सेटलमेन्ट समेत केटी पक्षले रामानन्द चौकको वरिपरि तय गरिदिन्छ । सबै कुरा ठिक नै थियो दुबै जोडिलाई यस्तो महसुस हुन्छ कि अब उनीहरुको प्रेम सफल भयो तर यथार्थ चाहिँ फरक देखियो। पुस २० गते अकस्मात केटा जनकपुरको पा्रदेशिक हस्पिटलको बेडमा मृत्यु अवस्थामा परिवार देख्दा पागल सरह भयो । मृत्यु कसरी भयो, सन्दर्भमा मृतकको परिवारको अनुसार सिकेन्द्रलाई पहिला नै हत्या गरेर फाँसी जस्तै झुन्डियाइको थियो । यसरी एउटा जोडिको प्रेम मृत्युसम्म पुगेर समाप्त हुन्छ ।
आजसम्म त्यो अनुसन्धान अधुरो छ, एक महिना बितिसक्दा पोष्टमार्टमको रिपोर्ट आएको छैन । यहाँ पैसाको ठुलो चहलखेल भएको मृतकको परिवारले दाबीसमेत गरे ।
जहाँ प्रेम हुन्छ, त्यहाँ प्रेममात्र हुनै सक्दो रहेनछ । धेरैथोक सँगै टाँसिएर आउँछन्, बाटोमा झरेको चकलेटसँग टाँसिने धुलोजस्तै । प्रेम हाेइन, दुई जनाको हैसियत नै ठूलो पर्खाल बनेर आउँछ । त्यसैले होला, धनी र गरीबको प्रेम पुस्तक र सिनेमामा मात्र सम्भव छ । हाम्रो समाज अझ पनि उस्तै छ । परिवर्तन भएको छैन ।