रमेश कुमार यादब
माघ २०, रौतहट । नेपाल कलवार कल्याण महासघको केन्द्रिय कार्यालय काठमाडौंको नौं बार्षिक साधारण गरुडामा सम्पन भएको छ ।
गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा स्थित रहेको कलवार धर्मशालामा कलवार कल्याण समिती गरुडाले आयोजना गरेको कार्यक्रमममा विभिन्न जिल्लाका प्रतिष्ठित ब्यक्तिहरु सहभागिता रहेको थिए । ईन्जिनियर रामचन्द्र प्रसाद साहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी क्षेत्र नं.१ क माननिय नागेन्द्र प्रसाद साह रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै माननिय नागेन्द्र प्रसाद साहले भने हाम्रो कलवार समाजको लागी अति खुसिको कुरा यो हो कि यस साधारण सभा मार्फत बिभिन्न जिल्लाबाट आएका बिशिष्ठ ब्यतिmहरुसंग छलफल रिस राग एक आपस सामु पोख्न भेट भयो । हाम्रो समाज अरुको समाज भन्दा कमजोर छैन तै पनि हामि अरुको पछाडी र अरुको चापलुसि गरिरहेका छौ । सबै थोक हामिसंग हुदा हुदैं अरुको कुरा मान्ने गरेकोमा हाम्रो लागी अति दुःखदको कुरा रहेको जिकिर गर्नु भएका थिए । त्यस कारण हाम्रो कलवार समाजलाई एक हुनु अति आवश्यक रहेको बताउनु भएको थियो ।
त्यसतै सोहि कार्यक्रमको सम्बोधन गर्दै गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले भने हाम्रो जाति अति ठुलो भए पनि हामिमा एकता नहुनुको कारण हामि पछाडी परेका बताए । हाम्रो जातिका मानिसहरुले नै आफ्नै जातिको मानिसहरुको खुटा तान्ने काम गर्ने गरेका देखिन्छ । त्यस कारणले हाम्रो जातिमाथिको अरु जातिको हामिमाथि हावि रहेको पाईएको छ । त्यस कारण आजदेखि नै हामिसबै जना एक भई काधमा काध राखेर अगाडी बढन आग्रह समेत गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि साह र संस्थापकले उपस्थित भएका बिशिष्ट लगायत सम्पुर्ण मानिसहरुलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरि सम्मान गरिएका थिए भने नेपाल कलवार कल्याण महासंघको केन्द्रिय सचिव एपोलो कुमार गुप्ताले कार्यक्रमलाई संन्चालन गर्नु भएको थियो ।यस साधारण सभामा ४१ भन्दा बढि समितिका अध्यक्ष लगायत ३०० प्रतिनिधि र प्रवेक्षक गरि ५०० जना सहभागिता रहने समेत रहेका थिए ।
उक्त कार्यक्रममा रौतहट जिल्लाको गरुडा नगरपालिकाको पुर्व नगर उपप्रमुख रंगिला देवी जैसवाल, गरुडा नगरपालिकाको वार्ड नं.५ महम्मदपुरको वडाअध्यक्ष रामबिनोद जैसवाल, कार्यक्रमको सफल र राम्रोसँग सम्पन होस भनी उदेश्यले दिनरात मिहिनेत गरेर काम गर्ने अहम भुमिका निर्वाह गर्ने नेपाल कलवार कल्याण महासँगको रौतहट जिल्ला सचिव रामबाबु साह कलवार, पुर्व माननीय अशोक जैसवाल, बरहथवा नगरपालिकाको नगर उप प्रमुख रामबाबु प्रसाद साह , बारागढी गाउँपालिकाको अध्यक्ष अशोक कुमार जैसवाल लगायत दर्जनौं वक्ताहरु आफ्नो मन्तब्य राख्नु भएका थिए ।