रमेश कुमार यादब
माघ २३, रौतहट
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गरुडाले एक दिने केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सहजिकरण डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मधेश प्रदेश प्रमुख देशबन्धु चौधरी एवम् अनुगमन अधिकृत सुर्य बहादुर बिष्टले गरेका थिए । उक्त कार्यक्रममा ८० जना केन्द्र प्रमुख, शाखाका कर्मचारी, डिप्रोक्स लघुबित्त वित्तीय संस्था लिमिटेडको प्रदेश प्रमुख देशबन्धु चौधरी, अनुगमन अधिकृत सुर्य बहादुर बिष्ट र बिशेष अतिथि गरुडा नगरपालिकाको नगर उप(प्रमुख पुनम चौधरी तथा ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक श्रीराम तिमिल्सिनाको उपस्थिति रहेको थियो ।
डिप्रोक्स लघुबित संस्थाको शाखा कार्यालय गरुडाबाट संन्चालित केन्द्र नं.७६ धरहरीको केन्द्र प्रमुख उषा यादबको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश प्रमुख देशबन्धु चौधरीले संस्थाको स्थापना देखि हाल सम्मको अबस्थाको बारेमा र बचत तथा कर्जाको बारेमा, लघुबित्तको दोहोरोपनाको बारेमा जानकारी गराउदै सहभागिहरुबाट उठेका जिज्ञासाको बारेमा समेत प्रष्ट पारेको थिए । त्यस्तै, अनुगमन अधिकृत सुर्य बहादुर बिष्टले वित्तीय रुपमा जानकारी नभइ गरिने कुनै पनि वित्तीय कारोवार फलदायि र परिणाममुखि नहुने भएकोले प्रथम तह वित्तीय रुपमा साक्षर भएर मात्र वित्तको परिचालन गर्न सुझाब दिंदै वित्तीय साक्षरताको बारेमा, यसको महत्व र यसको आबश्यकताको बारेमा सहभागिहरुलाई प्रष्ट पारेका थिए ।
त्यसैगरी गरुडाका शाखाका शाखा प्रबन्धक दिनेश्वर साहले उपस्थित सदस्यहरुलाई स्वागत गर्दै शाखा स्थापना र हाल सम्मको शाखाको अबस्थाको बारेमा जानकारी दिएका थिए । शाखा प्रमुख साहले भने गरुडाबाट नै २०५७ सालमा स्थापना भएकोदेखि अहिलेसम्म यस संस्थाले रौतहटमा मात्र तिन हजार सात सय ८६ सदस्यलाई प्रत्यक्ष रूपमा वित्तीय सेवा पु¥याइरहेको छ।
यस संस्थामा १७ करोड ५० लाख बचत, कर्जा ६२ करोड रहेका्े साथै २ हजार २ सय ४५ क्रणी रहेको जानकारी दिनु भएको थिए ।
भने बिशेष अतिथि नगर उप(प्रमुख पुनम चौधरीले ग्रामिण भेगमा लघुवित्त संस्थाहरुले खेलेको भुमिका र राष्टू बिकासमा यसको महत्वको बारेमा प्रशंसा गर्नुका साथै बित्तीय रुपमा अशिक्षित महिलाहरुबाट कर्जाको दुरुपयोग हुन गई अबान्छित रुपमा घटेका घटनाहरुमा सिंगो संस्थाको नाम जोडिन जानु निकै दुख लाग्दो रहेकोले यसप्रति सचेत हुन र कर्जाको सहि परिचालन गर्न समेत आब्हान गरेका थिए ।
वहाँले भने हाम्रो जिल्ला यस सम्बन्धमा धेरै नै पछाडी रहेको हो तर आजकलका महिलाहरु यसमा आवद्ध भई आफ्नो काम र गर्जाै टाल्न अरुको सामु झुक्ने र माग्ने काम नभएर आफ्नो घरको कामकाज गर्न सक्ष्म समेत भएको देख्दा खुसि लागेको बताउनु भएको थिईन् ।त्यसतै सोहि कार्यक्रम मार्फत शाखाको स्थापना कालदेखि नै आबद्ध रहेका ३ जना जेष्ठ नागरिक सदस्यहरुलाई फुलमाला तथा दोसाला ओढाएर कार्यक्रमको सहजीकरण तथा अनुगमन प्रमुखले सम्मान गर्नु भएको थिए । उक्त कार्यक्रममा शाखाका कर्मचारी नथुनी प्रसाद पटेल, नोज बिक्रम ठाकुर, अजय दिप चौधरी, रामकुमार साह, सरोज कुमार यादब, गौरी शंकर ठाकुर, सहयोगी मधु चौधरी लगायतका सदस्यहरु उपस्थित रहेका थिए ।