वर्तमानकाल सम्वाददाता
माघ २३ गते ।
सवारी दुर्घटना हुँदा नापी कार्यालय सर्लाहीका ११ जना कर्मचारी गम्भीर घाइते भएका छन् ।गम्भीर घाइते हुनेहरुमा नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपा उपमहानगरपालिका वर्ष ४५ का संजय मान्धर, मलंगवा नगरपालिका ३ बस्ने वर्ष ३५ का
रामलाल साह, सर्लाहीको बागमती नगरपालिका ५ बस्ने बिनोद घिमिरे र महोत्तरीका ३० वर्षीय बैजु यादव छन् । उनीहरुलाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
त्यस्तै मध्यम घाइते हुनेहरुमा सर्लाहीको कौडेना गाउँपालिका २ बस्ने वर्ष २४ का संजित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका २ बस्ने वर्ष ३० का रिटेन यादव, मलंगवा नगरपालिका ३ बस्ने वर्ष ५० का बैधनाथ पटेल, मलंगवा नगरपालिका ७ बस्ने वर्ष ३४ का रामबावु राय, धनुषाको सहिदनगर नगरपालिका ७ बस्ने वर्ष २९ का दिपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका २० बस्ने वर्ष २४ का सहिद अनवर र महोत्तरी बस्ने वर्ष २५ का अजय यादव छन् ।
उनीहरु चढेको बी.आ.०६ पी.डी.९६४८ नम्बरको सफारी सोमबार राति ८ बजेको समयमा नवलपुर मलंगवा सडक खण्डको मलंगवा नगरपालिका ११ गमहरियामा उँखु लोड भएको ज २ त १०६७ नम्बरको ट्याक्टरको पछाडिबाटै ठोक्किएको हो । उनीहरुको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । केहीलाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको छ ।