रौतहटमा कृष्ण तिवारी पत्रकार माथी निर्घात कुटपिट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ २३, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
रौतहटमा कृष्ण तिवारी पत्रकार माथी निर्घात कुटपिट

रौतहट,२३ माघ । जिल्लाको कटरिया नगरपालिकामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका दुई पत्रकारलाई निर्घात कुटपिट गरिएको छ ।

किसानले चिनी मिलमा लगेका उखु कम हुदा किसानहरुले आन्दोलन गरेका थिए । किसानहरूले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारी र धिरज यादव माथि मिलका कर्मचारीहरुले निर्घात कुटपिट गरेका हुन् ।

पत्रकार तिवारी र यादवको मोबाइल र क्यामरा समेत मिलका कर्मचारीहरुले लुटपाट गरेको बताइएको छ । घाइते पत्रकार तिवारीको अहिले गरुडा स्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार नहुँदा थप उपचारका लागि विरगञ्ज पठाएका हुन्।

घटनामा संलग्न व्यक्तिहरुलाई कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।तिवारी संगै रहेका अर्का पत्रकार धिरज यादवको समेत मोबाइल र क्यामेरा लुटपाट गरेको पत्रकार बताएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी खनालले घटनामा संलग्न रहेको आशङ्कामा एक जना पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको बताएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस