रमेश कुमार यादब
माघ २४, रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं.६ हर्षाहामा रहेको श्री बतहु माध्यमिक बिधालयको ब्यवस्थापन समिति गठन भएको छ । अभिभावकको एक भेलाले बिधालय ब्यवस्थापन समितिको अध्यक्षमा हरि नरायण प्रसाद पटेललाई चयन गरिएको हो । यस अघि बिधालय ब्यवस्थापन समितिको अध्यक्षमा बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मि रहनु भएको थियो । बिधालयमा मंगलबार भएको अभिभावक भेलाले शिक्षा ऐन, २०२८(संसोधन सहित)को दफा १२ को उपदफा(२क) उपदफ(१)को खण्ड(क), (ख), (ग)(घ) र (ङ) बमोजिम तथा शिक्षा नियामावली २०५९ (संशोधन सहित)को परिच्छेद(६ नियम २३ को उपनियम १, उपनियम २(१), उपनियम ३(१) बमोजिम बिधाल ब्यवस्थापन समिति गठन सम्पुर्ण प्रक्रिया पुरा गरि पदाअधिकारीहरुलाई चयन गरिएको हो ।
सोहि बमोजिम हरि नरायण प्रसाद पटेलको अध्यक्षतामा ९ सदस्यीय ब्यवस्थापन समिति समेत चयन गरिएको हो । समितिका सदस्यमा गणेश राउत कुर्मि, सत्रुधन ठाकुर हजाम, महिला सदस्यमा श्रीमति उषा देवी, दलित महिला सदस्यमा श्रीमति रन्जु देवी, वडा प्रतिनिधि सदस्यमा मजहर मंसुर, शिक्षा प्रेमि सदस्यमा श्रीमति कान्ती देवी, शिक्षक सदस्यमा लक्ष्मी राउत कुर्मि चयन भएको छ । भने शिक्षा नियमावली अनुसार बिधालयका प्राधानाध्यापक उपेन्द्र महतो समितिको सदस्य सचिवमा चयन भएको छ । पटेलले बिधालयको शैक्षिक गुणस्तरका साथै भौतिक पुर्वाधारको बिकास गर्ने बचन समेत दिएका छन । उनले भने, बिधालयको चौतर्फी बिकासका लागी हामि खटिन्छौं ।
बिधालयलाई जिल्लाकै उत्कृष्ठ बिधालय बनाउने संकल्प रहेको बताए । उनी बिधालयको अध्यक्ष जस्तो गरिमामय् पदमा चयन भएपछि सहकर्मि आफन्त एवम् साथीभाईबाट बधाई तथा शुभकामना पाईरहेका छन । उनले बिधालयको बिकासको लागी योगदान गर्न सफल हुने बिश्वास लिएर पटेललाई अध्यक्ष जस्तो गरिमामय् पदमा चयन गरेको अभिभावकहरुले बताएका छन । पटेलले बिधालयमा योगदान दिन सक्नेमा अभिभावकहरु बिश्वस्त रहेका छन । अव अभिभावकले चुनेर मलाई बिधालय ब्यवस्थापन समितिको अध्यक्षमा चयन गरेकोमा त्यहि भएर मैले काम गरेर देखाउने हो । म पुर्ण रुपमा जनताको लागी र नगर बिकाश शिक्षाको लागी जोस जागर र बुद्धि बिवेकले काम गर्ने छु ।
साथै आजका नानी बाबु भोलीका कर्णदार हुन । हामि हाम्रो बिधालयलाई अव नमुना बिधालय बनाउने छौ अध्यक्ष हरि नरायण प्रसाद पटेलले वर्तमानकाल दैनिक पत्रिकाको स(सम्पादक पत्रकार रमेश कुमार यादबलाई बताएका थिए । उक्त कार्यक्रममा प्रेमलाल राउत, दिपक पटेल, धर्मेन्द्र पटेल, वडाअध्यक्ष मजहर मंसुर, वडा सदस्य रेखा देवी पासवान, नेपाली काग्रेसको प्रखर नेता दिपनरायण साह, बाल कृष्ण श्रेष्ठ, बृन्दावन नगरपालिकाको वार्ड नंं.४ को वडाप्रत्याशि राम कल्याण यादब, कार्यपालिका सदस्य कोशिला देवी, वडा सदस्य संजय साह, समाजसेवी छविलाल पटेल, बुद्धजिवी, शिक्षाप्रेमि, बिभिन्न बिधालयका प्रधानाध्यापकहरु, कर्मचारी, पत्रकार लगायत सयकडौं अभिभावकहरुको समेत सहभागिता रहेको थियो ।