वर्तमानकाल सम्वाददाता
माघ २४, रौतहट
जिल्लामा नियम बिपरित चलेका सवारीसाधनको कार्वाही संख्या र जरीवानाको राजश्व बढेको छ । जिल्ला टूाफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यको सकृयतामा सवारीसाधन र कागजपत्र चेकजाँच लाई तिव्र पारीएको छ । रौतहट टूाफिकले चालु आर्थिक बर्षको ६ महिनामा ट्राफिक नियम बिपरित चलेका १० हजार भन्दा बढी सवारीसाधनलाई कार्वाही गरेको छ ।जिल्लाको टूाफिक प्रहरीको बिभिन्न युनिटले गत साउन महिनामा नियम बिपरित चलेका ३ हजार ८२, भदौमा १५ सय ८८ असोजमा ९ सय ३९, कार्तिकमा १५ सय ७, मंसिरमा १६ सय २९ र पुस महिनामा १७ सय २३ सवारीसाधनलाई कार्वाही गरेको छ ।
गत साउन देखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा नियम बिपरित चलेका १० हजार ४ सय ५९ सवारीसाधन लाई कारबाही गरेको जिल्ला टूाफिक प्रहरी निरिक्षक सुशील आचार्यले बताएका छन । उक्त कार्यावाहि गरेको सवारी साधनबाट करिब ६ महिना अर्थात माघ २० गते सम्ममा १ करोड ८ हजार रुपैंया राजश्व संकलन गरेको आचार्यले जानकारी दिएका छन । सो अवधिमा जिल्लामा भएको ३ सय २ वटा सवारी दुर्घटनामा परेर २ बालबालिका ७ महिलासहित २६ जना मानिसको ज्यान गएको छ ।
त्यस्तै उक्त दुर्घटनामा परेर ४ सय ७२ जना मानिस घाईते भएको तथ्याङकमा उल्लेख छ ।दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले टूाफिक प्रहरीले जिल्ला मा बिभिन्न चेतनामूलक कार्यक्रमको आयोजना समेत गरेको छ । साउन देखि पुस मसान्तसम्म जिल्लाको बिभिन्न स्थानमा आयोजना गरिएको ८ सय ७९ वटा कार्यक्रममा सवारीचालक, यात्रु, सर्वसाधारण गरी कुल ३७ हजार ३ सय ९६ जना मानिस सहभागी भएको जिल्ला टूाफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
सवारी ज्यान मुद्दा २४ वटा म दर्ता भएको १८ फर्छोट भईसकेको र ६ वटाको अनुसन्धान जारी रहेको छ ।सबारी नियम उलंघन गर्ने १० हजार ७ सय १ जना विरुद्ध कारवाही हुँदा ८५ लाख १७ हजार ५ सय राजस्व असुल गरिएको छ ।रौतहटमा ६ महिनामा सवारी दुर्घटना ३ सय १२ वटा भएको २६ जनाको मृत्यु र ४ सय ५६ यात्रुहरु घाइते भएका छन ।दुर्घटना न्यूनीकरणको लागि सवारीसाधनहरुमा स्टिकर टाँस देखि पूर्व पश्चिम राजमार्ग छेउछाउमा ठूला हुडिङ बोर्ड राखीएको छ ।जिल्लाको १८ वटै स्थानिय तहमा बढदोसवारीसाधनको चापलाई मध्यनजर गर्दै गौर, बमनहर, चन्द्रनिगाहपुर, बागमती, डुमरिया, गरुडा, शिवनगर, शुकदेव चौक, बंकुल मौलापुर, बिजयपुरलगायतको स्थानमा स्थायी टूाफिक बिट स्थापना भएको टूाफिक प्रहरी निरिक्षक आचार्यले जानकारी दिएका छन ।