रौशन कुमार चौधरी
माघ २४, रौतहट
कटहरिया नगरपालिकामा लेखापालको रुपमा उमेश यादब हाजिर भएका छन । जिल्लाको कटहरिया नगरपालिकामा बिगत केहि समय देखि लेखापाल बिहिन रहेको नगरपालिकाले मंगलबार लेखापाल पाएका छन । मंगलबार एक कार्यक्रम बिच कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालले हाजिर भएका लेखापाल यादबलाई भव्य स्वागत गरेका थिए । टिका माला लगाइ वहाँलाइ कार्यालयमा हाजिर गराइएको थिए । कटहरिया नगरपालिकाको कार्यालय कटहरियामा पुगेका लेखापाल यादबलाइ नगर प्रमुख जैसवाल सहित वडाअध्यक्षहरु साथै अन्य व्यतीहरुले पनि स्वागत गरेका थिए ।
यस अघिका लेखापालको रुपमा बिवेक सहनी रहेका थिए । सहनीको ठाउँमा यादब आएपछि स्थानिय जनतामा कौतुहलता रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भनि नगर प्रमुखले अपेक्षा राखेका छन् । रौतहटको स्थानिय तहमा हाकिम र लेखापाल परिवर्तनको शिलशिला सुरु भएकै छन । सोहि शिलशिलामा लेखापालको रुपमा यादब आएका छन र अवको यहाँको जति पनि बेतिथि रहेका छन ।
सो बेतिथिहरुलाई नियम निति संगत काम अगाडी बढाउने छ भनि बिश्वास लिएको छु, नगर प्रमुख जैसवालले भने । कार्यालय प्रमुख प्रशासकिय अधिकृत हुन्छ त्यसतै नगरपालिकाको अर्थ लेखापाल नै हुन्छ त्यस कारण सम्पुर्ण जिम्मेवारी लेखापाल अर्थात अर्थमन्त्रीकै हुन्छ । त्यस कारण यस पालिकालाई कसरी चलाउने, कुन तरिकाबाट कार्यालय संनचालन गर्ने भनि जिम्मेवारी हाम्रोसंग वाहन गर्ने हो भनि पुर्ण आशा लिएको छु , नगर प्रमुख जैसवालले बताए । उक्त कार्यक्रममा योजना शाखा अधिकृत राम नरेश यादब, कर्मचारी, वडाअध्यक्ष लगायत बिभिन्न ब्यतिmहरुको सहभागिता रहेको थियो ।