रमेश कुमार यादब
माघ २६, रौतहट
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि ओलिलाई रौतहटको गरुडामा भब्य स्वागत गरिएको थियो । गरुडामा अध्यक्ष ओलीलाई एक सय १ किलो को मालाले गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल लगायत केन्द्रीय नेताहरुले स्वागत, गरेका थिए । आज देखि हुने जिल्ला अधिवेशनको अध्यक्ष केपी शर्मा ओली उद्घाटन गरेका थिए । दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्ने छ । सोहि उद्धघाटन सत्रको सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मिसन ८४ मा गठबन्धनको नभई जनताको सरकार बन्नु पर्नेमा जोड दिएका छन् ।
‘अब ८४ सालमा जनताको सरकार बन्नु पर्छ गठबन्धनको होइन,’ उनले भने, ‘एमालेको सरकार बनेमात्र जनताको सरकार बन्ने छ । अहिलेको जस्तो गठबन्धनको सरकार होइन ।’ रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सको प्रांगणमा बिहीबार आजोजित एमाले रौतहटको १० औं जिल्ला अधिवेशन उद्घाटनका लागि आएका एमाले अध्यक्ष ओलीले मिसन ८४ मा गठबन्धनको
सरकार बन्न नहुनेमा जोड दिए । उनलाई जिल्लाका नेता, कार्यकर्ताले १०१ किलोको माला लगाएर स्वागत गरेको थियो । अध्यक्ष ओलीले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल स्वतन्त्र सांसद भएको दाबी गरे । ‘उनको पार्टी राष्ट्रिय पार्टी नै होइन ।
उनी स्वतन्त्र सासद हुन्,’ उनले भने, ‘यिनले त्यस बेला थाहा पाउँछन् जति बेला गठबन्धनले लात लगाउने छन् । अहिले गठबन्धनको पुच्छर समातेर हिँडेका छन् ।’
आगामी निर्वाचनमा एमाले त्यागेका नेपाल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहले कुनै हालतमा नजित्ने दाबी गरे । साहको जमाना जफत हुने उनको भनाइ थियो । अध्यक्ष ओलीले गरुडामा लामो समयदेखि बन्द भएको चिनी मिल संचालनका लागि आफूले प्रधानमन्त्रीसित कुरा राख्ने सभामा सुनाए । ‘नेपालमा सरकारीभन्दा निजी क्षेत्र फस्टाउँछ भन्ने लागेको थियो तर यहाँ त निजी क्षेत्र पनि फस्टाएन’ उनले थपे ।’अध्यक्ष ओलीले एमालेलाई धोखा दिएको भन्दै समाजवादीका अध्यक्ष नेपाल र आमजनता पार्टीका अध्यक्ष साहप्रति खरो टिप्पणी गरे ।
उनले बाटो बिराएर दुवैतिर लागेकाहरुलाई फर्कन अनुरोध गरे । दुई तिहाईको पार्टी तोडफोड गर्ने प्रदेश
सरकार ढालेर कांग्रेसको पाउमा चढाउने समाजवादीका अध्यक्ष नेपाललाई गठबन्धनले लात लगाएपछि मात्र थाहा पाउने भन्दै अध्यक्ष ओलीले आक्रोश पोखे ।। वहाँले भने कि माधब नेपाल राजनीतिमा नलाग्दै ५१ बर्ष पहिले आफुले रौतहटको संगठन बिस्तार गरेको भन्नु हुदै उहाले ८४ सालमा रौतहटको ४ प्रतिनिधि सभाको क्षेत्र र ८ प्रदेश सभाको क्षेत्र सहित १८ वटै पालिकामा बिजय हासिल गर्ने दाबी गर्नु भयो । सोहि कार्यक्रम मार्फत नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले एमाले अध्यक्ष ओलीलाई मायाको चिनो प्रदान गरि सम्मान सहित बिदाई गर्नु भएको थियो ,
जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ लगायतले बोलेका थिए । दुई दिनसम्म चल्ने अधिवेशनले एमाले रौतहटको नयाँ कार्यसमिति चयन गर्नेछ ।पार्टीको जिल्ला अध्यक्षको लागि चार जनाको नाम चर्चामा रहेको छ । अध्यक्षको लागि पूर्वसभासद बबन सिंह, अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेलहको नाम चर्चामा छ ।